धनौजी गाउँपालिकामा व्यापक भ्रष्टाचार, नेकपा नेता यादव आक्रोशित

काठमाडौं :- कोरोना भाइरस अर्थात (COVID-19)महामारीको कहरले संसारको प्रास सबै देश्का जनताहरु त्रसित छ्न।भाइरस बाट अहिलेसम्म १७ लाख ९२ हजार ७ सय ८० जना संक्रमीत छ्न ,एक लाख ९ हजार ६ सय ८५ जनाको मृत्यु भइसकेको छ्न भने ४ लाख १५ हजार ५ सय ९० जना निको पनि भइसकेको छ्न तर संक्रमण र मृत्यु दिनदिनै थमि सकिरहेका छैनन् ।नेपालभारीका हरेक स्थानीय तहहरुले यसलाई बद्न नदिने धेरै कोसिस गरिरहेका छ्न तर धनुषा जिल्लाको धनौजी गाउँपालिकामा कतै कीटानाशक औषधी छर्केको छैनन् । प्रत्येक वडामा रहेको स्वास्थय कर्यालयमा नेपाल सरकारले उपलब्ध गराउने आवश्यक तथा अतिआवश्यक औषधीहरु छैनन् ।विभिन्न रोगले ग्रसित व्यक्तिहरु वार्डमा रहेका स्वास्थय कर्यालयहरुमा जादा दुई बर्ष देखि औषधि दिइरहेका छैनन भनिन् बिरामीहरु लाई खाली हात पठाइ दिन्छ ।

क्वारेन्टाइन हाउसको लागि उपलब्ध ६ लाख रुपैया गाउँपालिका अध्यक्ष , प्रशासकीय अधिकृत र स्वास्थ संयोजकको मिलोमतोमा व्यापक भ्रष्टाचार भएका छ्न।क्वारेन्टाइन हाउसमा स्वच्छ र सफा पानी उपलब्ध छैनन् । टुयालोट र बाथरुम दुर्गन्धित छ जसले संक्रमण घट्नुको सट्टा झन बढने सम्मभावना छ । सफा र स्वच्छ सन्तुलित भोजनको पनि अभाव छ । त्यहीँ व कर्यारत स्वास्थय स्वास्थय कर्माचारीहरु लाई पी.पी.इ सेट उपलब्ध गराइएको छैन । स्वास्थय कर्माचारीहरु संग AN-95 वा सर्जिकल मास्क नै छैनन् ,हातमा लगाउने गल्ब छैनन् ,खुट्टामा लगाउने जुत्ता छैनन् साथै चस्मा पनि छैनन् जसकारण तिनिहरु जोखिम पुर्ण कार्य डराएर डराएर गर्दै छ्न को संक्रमीत हुने हो भने गाह्रो छ। भान्सा कोठा फोहोर छ,भान्सा कोठामा काम गर्ने ब्याक्तीहरु पनि असुरक्षित छ्न ।

गाउँपालिकाले २०७६ चैत्र १४ गते गरेको निर्णय अनुसार आजसम्म कुनैपनि वार्डमा राहत बाड्न सकेको छैनन् । दलितका बालबालिकाले पाउने पौष्टिक आहार स्वरुपको रकम दुरुपयोग भएका छ्न । नागरिक लगानी कोष तथा कर्मचारी संचय कोषमा प्रत्येक कर्मचारीहरुको तलब बाट जम्मा गर्नुपर्ने रकम दुई बर्ष देखि लाखौं लाख रुपैया अध्यक्ष र प्रशासकीय अधिकृतको मिलोमतोमा खल्तीमा राखिएको छ । तिनीहरुले पाउनुपर्ने व्याज कस्ले तिर्न यसैकारण नेकपा धनौजी गाउँपालिकाको नेता तथा कर्याकर्ताहरु मिलेर अध्यक्ष लाई पटक पटक भेट्न खोज्दा भेट्न अस्वीकार गरेका कारण पुर्ब नेकपा एमाले बाट धनौजी गाउँपलिका अध्यक्ष प्रत्यासी नेकपा नेता राजकुमार यादव आक्रोशित भए सयौंको संख्यामा समाजिक दुरी र नेपाल सरकारको लकडाउनको निर्णय लाई मध्यनजर गर्दै आज दुई बजे तिर धनौजी गाउँपलिका कर्यालय घेराउ गरेपछि अध्यक्ष र प्रशासकीय अधिकृत उपस्थिति भएर तिनदिन भित्र सम्पूर्ण माग पुरा गर्छु भनी प्रतिवादीता गरे । तीन दिन भित्र माग पूरा नभए भने गाउँपालिका कर्यालय घेराउ गारी तालबन्दी गर्ने नेकपा नेता यादवले बताए ।।

प्रतिक्रिया दिनुहोस