नेपालमा कोरोना संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं :- नेपालमा थप तीन जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ।
वीरगन्जबाट ल्याइएका तीन बिरामीको (स्वाब) हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा जाँच गर्दा पोजिटिभ पाइएको थियो।
तर थप प्रस्टताका लागि नमुना पुनस् काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा त्यहाँ पनि कोरोना पोजिटिभ देखिएको स्रोतले जनाएको छ ।
यसबारे स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिइने स्रोतले जनाएको छ । संक्रमित तीनै जना भारतीय नागरिक हुन्। हाल उनीहरुलाई पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा बसिरहेका बेला नारायणी अस्पताल लगेर आइसोलेसन वार्डमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस