भरपर्दो सूचना दिने समय हो : मुना रिजाल ( मेरो बिचार )

आदरणीय मेरा फेसबुकका सम्पूर्ण साथीहरू ।यो समय भनेको जानकारी मुलुक पोस्ट सेयर गर्ने,सूचना को पहुँच बडाउने बेला हो।

बिश्वनै आशुमा डुबेकोबेला पुराना तस्बिर काण्ड भन्दै हजुरहरुले पुराना तस्बिर पोस्ट गर्नु मलाइ मेरो ब्यक्तिगत विचारमा त्यति जायज लागेन। यो मेरो ब्यतिगत बिचार हो यसो भन्दैमा हजुरहरुको बिरोध गरेको नसम्झनु होला। मेरै बिचारमा पुर्ण सहमती हुनैपर्छ भन्ने पनि छैन। आ आफ्नो बिचार हो। यसो त पुरानो याद सबैलाई मन पर्छ। पुरनो तस्बिर मलाई पनि औधी मन पर्छ।

तर यो समय ती पुराना तस्बिर निकालेर like comment गर्दा newesfeed भरी नै तिनै तस्बिर छाइरहेका हुन्छन् ।हजुरहरुलाइ थाहा नै भयको कुरा हो, आफ्ना साथिहरुको update छिटो देखाउछ। newsfeed भरी हजुरहरुकै पुराना तस्बिर काण्डले भरी भराउ भयसी letest news updateको लागि sarch गरिरहनु पर्छ। रिचार्ज नपाएको बेला एक घण्टा डाटा तानेको हजुरको सथिलाइ यस्तो बेला कस्तो असर पर्छ होला हजुरहरु आफ्नै महसुस गर्न सक्नु हुन्छ ।

त्यसैले म हजुरलाइ विनम्र अनुरोध गर्छु ।यो समय हामिले भरपर्दो सूचना दिने समय हो। यदि हजुरहरुलाइ थाहा छ भने क्यारेन्टायन भनेको केहो? आइसोलेशन वार्ड भनेको के हो? लकडाउन भनेको केहो? भन्ने बिसयमा सुचना पोस्ट गरिदिनु होस । यहाँ धेरैलाई यस्को बारेमा थाहा नभयको देखियो। त्यसैले त मानिस सामान्य टाउको दुखदा पानी अस्पतालमा धायको देखिन्छ।

यो समयमा सामान्य बिरामी अस्पताल नजाउ। पुराना बिरामी पहिलेकै औसधि नजिकैको डाक्टरको परामर्श लियर खाउ। रेडियो अन्लाईन T• v का सुचना मुलक समाचार को पहुँच म बसौ। यहाँ त नेपाल बन्द भय जस्तै साझ परे सङै बन्द खुले झै लक्डाउनको समयमा पनि मानिसहरु बाटो भरी यत्र तत्र हिडिरहेको घटनाले यो देखाउछ्की हामी सामाजिक मिडियाकर्मीले सामन्य मानिसलाइ सहि सूचना प्रबाह गर्न सकिरहेका छैनौ।

कोरोना भाइरसको कारन आज विश्व त्राहिमय भै रहेको छ। लाखौं ले मृत्यु बरण गरिसके करोडौं यसको सिकार भै राखेका छ्न। यसको नियन्त्रणको हरेक प्रयासले सफलता नपायको अबस्था छ। विश्व भरिका बैज्ञानिकहरु यकजुट भयर पनि यसको यो रोग उपचार प्राविधिक भेटियको छैन।

खरबारिमा डडेलो फैलिय जसरि यो कोरोणा भाइरसपनि विश्व भरि तीब्र गतिमा फैलिरहेको छ। बच्चा , बुढा ,जवान, सुत्केरी ,धनी गरिब ,डाक्टर कसैलाई पनि यस्ले छोडेको छैन। जिम्मेवार नगरिकको हैसियतले पनि यो समयमा तपाईंले पुराना तस्बिर काण्ड नगरिदिनु होस । सक्नुहुन्छ भने आफ्ना वरिपरि रहेका साथी भाइ आफन्तलाई सामाजिक सन्जालबाट सचेत गराउनु होस। तपाइको सानो प्रयासले सयौं को ज्यान वचन सक्छ ।

तपाईं हाम्रो लागि यो आपत कालिन समयमा खटिएका सञ्चारकर्मी , स्वास्थकर्मी ,सुरक्षाकर्मी सामाजिक अभियान्ता , सहयोगी मन सबैलाई आ- आफ्नो ठाँउबाट लगडाउनको नियम पलना गर्दै र गाराउदै सकेको जति सघाउनु तपाईं हाम्रो दायित्व हैनर?
अन्तमा मेरो बुझाइ र लेखाइबाट हजुरहरु को मन दुखेको भय मफि माग्दै नया बर्ष 2077को सबैलाइ सुभकामना। यो बर्स हामी सबैको सुखमय बन्न सकोस।
 मुना रिजाल घोराही-15 बाल्मन्दिर दाङ ।

प्रतिक्रिया दिनुहोस