नारायणपुरका विभिन्न क्षेत्रका विपन्न परिवारलाई राहत वितरण

दाङ :- काेराेना भाइरसकाे जाेखिमका कारण लकडाउन गरिएपछि ज्याला मजदुरी गरि गुजारा गर्ने विपन्न परिवारकाे  दैनिक कष्टकर बन्दै गएपछि राहत वितरण गर्ने क्रम जारी छ ।

घाेराही उपमहानगरपालिका वडा नम्बर १० काे झारबैरा र सिस्वानी क्षेत्रमा रहेका विपन्न परिवारलाई राहत सहयाेग गरिएकाे छ ।

नेपाली कांग्रेस साविक त्रिपुर नगर कमिटी दाङ नारायणपुरका सभापति दीपक पाण्डे तथा कार्य समितीको समन्वयमा उपमहानगर १० काे सिस्वानी र झारबैरा पम्प क्षेत्रमा रहेका १७ घर परिवारलाई शुक्रबार राहत हस्तान्तरण गरिएको छ।  स्थानीय समाजसेवी युवाहरूकाे एक समुहले यवा नेता पाण्डेकाे सक्रियतामा खाद्यान्न सहयाेग गरेकाे युवा समाजसेवी सागर अधिकारीले जानकारी दिए।

घोराही १२ हापुर झगरवाकी रिता केसी, घोराही १० नारायणपुरका अशाेक शर्मा , घोराही १२ बडहराका पदम बहादुर भन्डारी, शुबादेवी भण्डारी, रोबर बहादुर रावत, महेश लम्साल लगायतको संयुक्त टोलीले संकलन गरेकाे राहत ती परिवारलाई उनीहरूकाे घरमै पुगेर वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस