पशुपंछीलाई आहारा खुवाउन आफैं खटिए काठमाडौंका मेयर र उपमेयर (फोटो फिचर)

काठमाडौँ :- कोरोना भाइरसका कारण मुलुकलाई लकडाउन गरेसँगै उपत्यकाका छाडा चौपाया, बाँदर, परेवालगायतका चराचुरु चराचुरुङ्गी भोकै पर्न थालेपछि काठमाडौं महानगरपालिकाले आहाराको व्यवस्था गरेको छ । त्यसक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीसहितको टोलीले शनिबार पशुपतिनाथ, स्वयम्भू, बौद्धलगायतका क्षेत्रमा आफैं पुगेर आहारा खुवाएका छन् ।

मेयर, उपमेयरलगायतका टोलीले चौपाय तथा परेवालाई आफैंले आहारा खुवाएका थिए । मेयर शाक्यले उनीहरुको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न ४३ औं नगर कार्यपालिका बैठकले उनीहरुलाई आहारको व्यवस्था गर्ने निर्णय गरेको र सोही अनुरुप काम अघि बढेको जानकारी दिए । उनले आइतबार बसन्तपुर, कालमोचनलगायतका क्षेत्रमा अनुगमन गर्ने पनि जानकारी दिए । लकडाउनका कारण होटल रेष्टुरेन्टहरुसमेत बन्द भएका कारण छाडा चौपाया तथा पंक्षी भोकै रहनुपर्ने अवस्था सृजना भएको छ ।

प्रतिक्रिया दिनुहोस