रोजगारीका लागि भारत पुगेका एकै परिवारका आठ नेपाली कोरोना संक्रमित

भारत :- भारतमा बसोबास गर्दै आएका एकै परिवारका आठजना नेपालीमा कोरोना संक्रमण भेटिएको छ । अछाम घर भएका उनीहरु रोजगारीका लागि मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएका थिए ।
यससँगै भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । परिवारमा रहेका दुई दाजुभाइ, उनीहरूका श्रीमती र चार बालबालिकामा कोरोना संक्रमण देखिएको हो । कस्तुरवा अस्पतालमा उपचाररत उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
यसअघि भारतको बैंग्लोरमा बस्दै आएका एक नेपाली दम्पतीसहित चार नेपालीमा कोरोना संक्रमण पुष्टी भएको थियो।
हालसम्म भारतमा २ सय ४९ जनाको मृत्यु भएको छ भने ७ हजार ६ सय संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस