सोसल मिडियाको लत छुटाउने फेसबुकको नयाँ फिचर

काठमाडौं :- सोसल मिडिया प्लाटफर्म फेसबुक विश्वमा सर्वाधिक लोकप्रिय सोसल मिडिया हो । परिवार तथा मित्रजनसँग जोडिने सबैभन्दा सहज माध्यम बनिरहेको छ फेसबुक । तर सामाजिक सञ्जालमा आफूलाई जोड्ने र दुनियासँग साक्षात्कार गराउनका लागि प्रयोग हुने फेसबुक समयक्रम सँगै मानिसहरुको लतमा परिणत भएको छ । मानिसहरु अत्यधिक समय फेसबुकमा झुण्डिने समस्या बढिरहेको र यसले फेसबुक प्रयोगकर्ताहरुमा मानसिक तथा सामाजिक समस्या सिर्जना गरिरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

प्रयोगकर्ताहरुमा बढिरहेको फेसबुकको यहीँ लतलाई छुटाउनका लागि फेसबुक स्वयंमले एक नयाँ फिचर सुरु गरेको छ ।

फेसबुकले आफ्नो एपमा एक नयाँ टूल थप गरेको छ । Quiet Mode नामक उक्त टूलले प्रयोगकर्तालाई फेसबुक प्रयोग कम गर्नका लागि मार्ग प्रसस्त गर्दछ । क्वाइट मोडका माध्मबाट प्रयोगकर्ताहरुले यो प्लाटफर्ममा बिताउने समय कम गर्न सक्नेछन् ।

फेसबुकले तत्कालका लागि आइफोन प्रयोगकर्ताका लागि यो फिचर सार्वजनिक गरिसकेको छ । आगामी मे महिनामा एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि क्वाइट फिचर उपलब्ध हुने बताइएको छ ।

Quiet Mode मा प्रयोगकर्ताले एक तालिका सेट गर्नुपर्दछ । उक्त मोड एक्टिभेट भएसँगै फेसबुक एपमा नयाँ मेसेज तथा अन्य विषयका नोटिफिकेसन म्यूट हुनेछन् ।

यो फिचरका माध्यमबाट आफुले कति समय फेसबुकमा के गरेर बिताइयो भन्ने कुरा पनि थाहा पाउन सकिनेछ । क्वाइट मोडका क्रममा प्रयोगकर्ताले फेसबुकको अधिक प्रयोग गर्न पाउँदैनन् ।

फेसबुकको स्वास्थ्य विभागका अधिकारी कांग जिंग जिनका अनुसार क्वाइट मोडले पुस नोटिफिकेसनलाई म्यूट गरिदिन्छ । यदि तपाइँले क्वाइट मोडमै राखेर फेसबुक चलाउन थाल्नुभयो भने ‘तपाइँले अहिले फेसबुक नचलाउने निर्णय गर्नुभएको हो’ भन्ने जानकारी दिनेछ । क्वाइट मोडको तालिका म्यानुअल्ली पनि सेट गर्न सकिन्छ । साथै दिनका केही घण्टा स्वतः छनोट गर्न पनि सकिन्छ ।

स्मरण रहोस् यो नयाँ फिचर फेसबुकमा पहिलेदेखि नै उपलब्ध mute push notifications सेटिंग्स भन्दा विल्कुलै फरक छ । उक्त फिचरले पुस नोटिफिकेसनमा रोक लगाए तापनि आफुले चाहेको समयमा मात्र रोक्ने गरी सेटिंग्स मिलाउन सकिँदैन

प्रतिक्रिया दिनुहोस