आइतबारबाट ग्यास पूरा भरिएको सिलिन्डर पाइने

काठमाडौं :- आइतवारदेखि पुन भरी सिलिन्डर ग्यास पाइने भएको छ ।

नेपाल आयल निगमले आइतबारदेखि भरि सिलिन्डर ग्यास वितरण गर्न निर्देशन दिएको हो ।

निगम सञ्चालक समितिको बुधवारको बैठकले पूरै तौलको सिलिन्डर विक्री गर्ने निर्णय गरेको हो ।

निगमले सबै ग्यास उद्योगीहरुलाई विहीवारदेखि नै भरि ग्यास सिलिन्डर भर्न निर्देशन दिएको छ ।

कोरोना भाइरस महामारी र लकडाउनका कारण खाना पकाउने ग्यासका अभाव देखिएपछि निगमले आधा सिलिन्डर ग्यास विक्री वितरण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस