ताप्लेजुङमा डोजर दुर्घटना अपरेटरको मृत्यु

हिमाल बिस्वकर्मा

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा आइतबार दिउँसो ३ बजे एक्स्काभेटर मेसिन (डोजर) पल्टिँदा इच्छाकामना गाउँपालिका ३ तोक्दाङ्(फिस्लिङ माथी) चितवनको २७ वर्षीय चित्रकुमार गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जानकारी दिएको छ। मृतक गुरुङको नावालक एक छोरा छ्न।

दोभान–ओलाङचुङगोला उत्तर-दक्षिण सडकअन्तर्गत लेलेपमा भाडामा ल्याइएको स्काभेटर सडक खन्ने क्रममा माथिबाट झरेको ढुंगाले एक्स्काभेटरमा लागेको र ढुंगासँगै पल्टिएको इलाडाँडाकी कविता लिम्बु शेर्पाले बताइन। उनका अनुसार मेशिन फेदीखोला छेउमा पुगेको छ। चालकको शव घटना स्थलमै पुरिएको अवस्थामा रहेको स्थानीयले बताए। घटनास्थलमा प्रहरी निरीक्षक विष्णुबहादुर खड्का नेतृत्वको टोली पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सदरमुकाम फुङलिङबाट ओलाङ्चुङगोला तर्फ जोड्ने सडक विस्तारको काम काठमाडौंको एलाइट कम्पनीले पाएको र
मानवीय बस्तीभन्दा एकान्तमा रहेको ठाउँमा निर्माण कार्य भैरहेको बेला उक्त घटना घटेको थियो।

प्रतिक्रिया दिनुहोस