कोरोना भाइरसको नकारात्मक उर्जा नाश गर्न घरघरमा दीप प्रज्वलन (फोटो फिचर)

काठमाडौं  – कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेको अवस्थामा नकारात्मक उर्जा नाश गर्न घरघरमा दीप प्रज्वलन गरिएको छ ।

ज्योतिषीय हिसावमा आज साँझ ७ बजेर ७ मिनेटको समय अमृत समय भएकाले दीप प्रज्वलन गर्न आग्रह गरेका हुन्

कोरोना भाइरसले विश्वमा विष फैलाइरहेको परिस्थितिमा दीप प्रज्वलन गर्दा विश्वमा सकारात्मक उर्जाको प्रवाह हुने ज्योतिषीहरु बताउँछन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आज राति ९ बजेको समयमा घरघरमा बिजुली बत्ती निभाएर दीप प्रज्वलन गर्न अपिल गरेका छन् । उनले कोरोना भाइरसविरुद्ध सबैको एकताका लागि बत्ती निभाउन र दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

ज्योतिषीय हिसाबमा अमृत समयमा केही शुभ चिज गरियो भने अमृतजन्य चिज आउँछ , ‘धेरै मानिसको घरमा दियो बालियो भने अमृत फैलिन्छ र विषलाई मार्न सक्छ भन्ने मान्यता हो । ‘

दीप प्रज्वल्लवन गर्दा राम्रो । यसले संसारमा सकारात्मक उर्जा निस्कन सक्छ

प्रतिक्रिया दिनुहोस