बलिउड गायिका कनिका कपुरको कोरोना माथि जित

कोरोना भाइरसबाट संक्रमित बलिउड गायिका कनिका कपूरको पाँचौँ रिपोर्ट नेगेटिभ आएको छ।

लखनउस्थित सञ्जय गान्धी पीजीआई अस्पतालमा उपचार गराइरहेकी कपूरको यसअघिका चार वटा रिपोर्ट कोरोना पोजेटिभ आएको थियो। तर, पाँचौँ परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

उनको छटौँ परीक्षण पनि गरिएको  छ। तर, रिपोर्ट आएको छैन। छैटौँ रिपोर्ट पनि नेगेटिभ आएमा अस्पतालबाट डिस्र्चाज हुने सम्भावना छ।

पीजीआई अस्पतालका निर्देशक आरके धीमनका अनुसार हाल कनिकाको स्वास्थ्य अवस्था सामान्य छ।

कनिका कपूरले अफिसियल इन्स्टाग्राममा भनेकी छन्, जिन्दगी हामीलाई समयको राम्रोसँग उपयोग गर्न सिकाउँछ, जबकि समय हामीलाई जिन्दगीको मूल्य सिकाउछ।
प्रतिक्रिया दिनुहोस