हाम्रो जित यातायात प्रालिद्वारा अलपत्र परेका नेपालीलाइ गन्तव्यसम पुर्याउन तयारी : प्रबन्धक निर्देशक क्षेत्री

काठमाडौं :-  भारतकाे सबै नाकामा बन्द गर्नले हाम्रा नेपालीहरु भारतमा छटपटाईरहेका छन् विशेषगरी भोगमारीले याे अबस्था छ ! यो संकटको घडीमा हामी सेवामा हाजिर छौ ! सबैकाे चासाे रहाेस बिसेश गरी सरकारकाे ध्यान जावस !
भारतका विभिन्न स्थानमा १० हजारभन्दा धेरै नेपाली अलपत्र अवस्था रहेका पाइएको छ । नेपाल र भारत सरकारले कोरोना भाइरसका कारण लकडाउन गरेपछि उनीहरू घर फर्किने क्रममा गन्तव्यसम्म पुग्न नपाएर अलपत्र अवस्थामा रहेको हाम्रो जित यातायात प्रा.लीका प्रबन्धक निर्देशक जित जंग वली क्षेत्रीले जानकारी दिएका छन् । हाम्रो जित प्रालिका केन्द्रीय उपाध्यक्ष बरु केसीलाई भारतमा रहेका नेपालीले सम्पर्क गर्न समेत सुझाव दिएका छन्  क्षेत्रीले भारतका लागि सम्पर्क नः  ७०१८५९२३०४
यसका लागी हाम्रो जित यातायात प्रालि अलपत्र परेका नेपालीलाइ गन्तव्यसम पुर्याउन तयार भएकोे प्रबन्धक निर्देशक जित जंग वली क्षेत्री बताउँछन !
कोरोना भाइरसको त्रासका कारण नेपाल–भारत सीमा बन्द गरिँदा भारतबाट नेपाल फर्किने हजारौं नागरिक सीमामा अलपत्र परेको यती धेरै दिन भए पनि नेपाल सरकारले उनीहरुलाई नेपाल ल्याउन कुनै ठोस कदम चाल्न सकेको छैन।सरकारले उचित कदम नचाले सीमापारि रहेकाहरू जोखिमपूर्ण तरिकाले नेपाल प्रवेश गर्ने सम्भावना रहेको र त्यसले झन् भयावह स्थिति निम्त्याउने मा कुनै दुइ मत नै छैन। भारतबाट आएकाहरुलाई प्रवेश गर्न नदिएपछि कतिपय महाकाली नदीमा पौडी खेलेर नेपाल प्रवेश समेत गरेको समाचार आएका छन् ।
पूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की र त्रिभूवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा लगायतले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्नो देश आउन पाउने नागरिकको संवैधानिक हकलाई रक्षा सरकारले गर्नुपर्ने बताएका हुन् ।
‘कोरोना संक्रमणसँग जुध्नका लागि हाल नेपाल लकडाउनको अवस्थामा छ। बन्दाबन्दीमा जो जहाँ छन् त्यही बसिदिए राम्रो हो। तर विदेशमा दैनिक ज्यालादारीमा बाँच्ने मजदूरलाई ठेकेदारले घर जाऊ भनेपछि, उनीहरूसँग देश फर्किनुको विकल्प रहँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल-भारत सीमा क्षेत्रमा सयौंको संख्यामा नेपालीहरू अलपत्र परेका खबरहरू आएका छन्। जुनसुकै अवस्थामा भए पनि नेपालभित्र पस्न, बस्न र जीवनयापन गर्न पाउने नेपाली नागरिकको संवैधानिक अधिकार हो। नेपालीलाई ‘देश निकाला’ गर्ने संवैधानिक र नैतिक हक कसैसँग छैन।


नेपाल सरकारले चीनको वुहानमा रहेका नेपालीहरूलाई आफ्नो विमान पठाएर स्वदेश ल्याएको कुरा पनि सम्झाएका छन्।
उनीहरूले युरोप, अस्ट्रेलिया र अमेरिका लगायतका देशहरूले आफ्नो नागरिकलाई विशेष विमान पठाएर स्वदेश फिर्ता लगेकोको दृष्टान्त दिँदै सीमामा रहेका नेपालीलाई नेपाल प्रवेश गराउन माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस