कोरोना संक्रमणको कारण विश्वभर मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो, संक्रमित ११ लाख नजिक

काठमाडौं :-  कोरोना भाइरस संक्रमणको कारण विश्वभर मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । शनिबार बिहानसम्म यो भाइरस संक्रमणको कारण ५९ हजार १ सय ५९ जनाले ज्यान गुमाएका हुन् ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या झण्डै ११ लाख पुगेको छ ।

पछिल्लो विवरणअनुसार १० लाख ९८ हजार ३ सय ९५ जना संक्रमित भएका छन् । शुक्रबार एकै दिन विश्वभर ४ हजार बढीको ज्यान गएको छ ।

विश्वभर हालसम्म २ लाख २८ हजार सय २३ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो एकै दिन शुक्रबार अमेरीकामा मात्रै करीब १२ सय मानिसहरु मारिएका छन् । यो सँगै त्यहाँ मृत्यु हुनेको संख्या ७ हजार ३ सय ९२ पुगेको छ ।

अमेरीकामा संक्रमितको संख्या पनि ह्वात्तै वृद्धि भएर २ लाख ७७ हजार १ सय ६१ पुगेको छ ।
यसै गरी ईटालीमा १४ हजार ६ सय ८१ जनाको मृत्यु भएको भने संक्रमित १ लाख १९ हजार ८ सय २७ पुगेको छ ।

त्यस पछि स्पेनमा मृतकको संख्या ११ हजार १ सय ९१ पुगेको छ भने संक्रमित १ लाख १९ हजार बढी रहेका छन् ।

त्यस्तै संक्रमितको संख्यामा चीनलाई उछिनेर जर्मनीमा ९१ हजार नाघेको छ । यद्यपि, मृत्यु भने जर्मनीमा कमै रहेको छ । जहाँ १२ सय ७५ जनाको मृत्यु भएको छ ।

त्यसै फ्रान्समा ६ हजार ५ सय ७ जनाको मृत्यु भएको छ भने झण्डै ६५ हजार संक्रमित छन् ।
यता भारत र पाकिस्तानमा पनि कारोना तीव्र मात्रामा बढीरहेको छ । भारतमा कुल ७२ जनाको मृत्यु भएको छ भने झण्डै २६ सय संक्रमित छन् । त्यस्तै पाकिस्तानमा पनि ४० जनाको मृत्यु भएको छ भने २६ सय बढी संक्रमित भएका छन् ।

कोरोना तीव्र बढे पछि टर्कीले कफ्र्यु घोषणा गरेको छ । रुसमा लक डाउन लागू गरिएको छ ।
यसैबीच सयुक्त राष्ट्रसघंले सिरीया, लिविया लगायतका द्धन्दरत देशमा युद्ध विराम गर्न सरकार र विद्रोहीहरुलाई अपील गरेको छ । द्धन्द रोकेर कोरोनाको महामारी विरुद्ध जुट्न राष्ट्रसंघले अपील गरेको हो ।

प्रतिक्रिया दिनुहोस