प्रदेश २ मा कोरोना भाइरस संक्रमणको परीक्षण सुरु

काठमाडौं :-  प्रदेश-२ मा कोरोना भाइरस संक्रमणको परीक्षण सुरु भएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधामबाट संचालन हुने प्रयोगशाला ल्याबको शुक्रबार बिहान सेटअप सम्पन्न गरी नमूना परीक्षण गरी संचालनमा ल्याइएको छ ।

प्रदेशका समाजिक विकासमन्त्री नवलकिशोर साहको निरीक्षण पश्चात प्रयोगशाला संचालनमा ल्याइएको हो ।

प्रयोगशाला ल्याब बारे जानकारी दिदैं ल्याबका प्रमुख रामविनय साहले भने ल्याबमा जडान पीसीआर मेसिनबाट प्रत्येक घण्टा एकको दरले दैनिक १० जनासम्मको स्वास्थ्य नमुना परीक्षण गर्न सकिने तयारी रहेको उनले भने ।

उनले नमूना परिक्षण पश्चात संचालनमा ल्याइएको पीसीआर मेसिनबाट स्वास्थ्य परिक्षण र त्यसपछि अपनाइने प्रक्रिया बारे जानकारी दिए ।

चीनबाट सो पीसीआर मेसिन बारे विभिन्न मुलुकले गुणस्तरहीन रहेको भन्दै आएको बेला प्रदेश २ मा जडान गरिएको मेसिन कतिको विश्वसनीय होला भन्ने जिज्ञासामा साहले भने ।

सो मेसिन बारे जानकारी उक्त ल्याबको निरीक्षण गर्दै मन्त्री साहले यसबाट प्रदेशका जनतालाई केहि राहत पुगेको दाबी गरे । उनले सप्तरीको राजविराज तथा पर्साको वीरगञ्जमा पनि चाँडै नै कोरोना भाईरस परीक्षण ल्याब स्थापना प्रक्रियामा सरकार अघि बढिसकेको जानकारी दिए ।

Vianet Video after article mobile
Prabhu Chetana
Nepal Life Insurance
NTC Small Ad
Gulf Lubricant
Santro Hyundai
Yeti Air Carbon Free
Barah Jewellers
Clear Tv ad subisu  article
pj photo sidebar content
Dish home
Kumari Bank Article
Global IME Bank Article
Ime Pay
Hamro patro add article
Classic Tech Add article
प्रतिक्रिया दिनुहोस