पोखरामा नयाँ संक्रमित भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पोखरामा आज कुनै नयाँ संक्रमित नभेटिएको बताएका हुन् ।

‘पोखरामा कुनै पनि पोजेटिभ देखिएको छैन । परीक्षणलाई हामीले प्रदेशमा विस्तार गरेका छौं । मेसिनहरु गएका छन् । त्यहाँ केही कुरा प्रस्ट रुपमा गर्नुपर्ने हुन्छ । अन्त पनि भेरिफाइ भएपछि यो सिस्टमले राम्रो काम गरेको छ कि छैन हेर्न जरुरी छ’ उनले भने,’केही नमूना रि गर्नुपर्ने हुन्छ । कुनै केश संकास्पद भयो भने पुन परीक्षण हुन्छ । दोहोरो भयो भन्ने कुरा आइरहेको छ तर भेरिफाइ गर्नका लागि केहीको पुन परीक्षण गर्ने काम भएको हो ।’

यसअघि शुक्रवार दिउँसो गण्डकी प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आफ्नो आधिकारिक वेवसाइटमा समेत नेपालमा कोरोना संक्रमितको संख्या ७ जना पुगेको भनेर अपडेट देखाएको थियो । तर, पछि उक्त संख्या सच्याएर ६ राखिएको छ ।

Vianet Video after article mobile
Prabhu Chetana
Nepal Life Insurance
NTC Small Ad
Gulf Lubricant
Santro Hyundai
Yeti Air Carbon Free
Barah Jewellers
Clear Tv ad subisu  article
pj photo sidebar content
Dish home
Kumari Bank Article
Global IME Bank Article
Ime Pay
Hamro patro add article
Classic Tech Add article
प्रतिक्रिया दिनुहोस