फिदिम- ५ का वडा अध्यक्ष लिलाराज तुम्बापोको निधन

काठमाडौं :-  पाँचथरको फिदिम नगरपालिका- ५ का वडाध्यक्ष लिलाराज तुम्वापोको ३० वर्षको उमेरमा आज निधन भएको छ । ब्लड क्यान्सरको समस्याबाट थलिएका तुम्बापोको झापाको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

तुम्वापोे बिरामी परेपछि बिहीबार हेलिकप्टरबाट थप उपचारका लागि उनलाई झापाको बी एण्ड सी हस्पिटल लगिएको थियो । उनी पछिल्लो एक सातादेखि ब्लड क्यान्सरले सताएपछि थलिएका थिए ।

राष्ट्रिय युवा संघ पाँचथरका सहसंयोजक समेत रहेका नेता तुम्वापो फिदिम ५ चोकमागु गैरिगाउँ भन्ने ठाउँका स्थायी बासिन्दा हुन् ।

वडाध्यक्ष तुम्वापोको निधन भएकै दिन उनको श्रीमतीले दोश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छन् । बिहान ३ बजेको समयमा छोरीको जन्म भएको आफन्त इन्दिरा तुम्बापोले जानकारी दिइन् ।

उनको परिवारमा अब दुई छोरीहरु भएका छन् । स्वर्गीय तुम्बापो तत्कालिन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस