दाङ मा आगलागीबाट ३ घरमा क्षति

दाङमा आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् । गढवा गाउँपालिका वडा न ६ मनिकापुरमा बिहीबार अपराह्न करिब ४:०० बजेतिर आगलागी हुँदा तीन घर, दुई गोठ, एक घुम्ती पसल र दुई भान्साघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

स्थानीय विष्णु रानाको घर तथा भान्साघर, भक्तबहादुर सुनारको गोठ, कृष्णबहादुर सुनारको घर र पसल तथा ऋषि रानाको घर, गोठ तथा भान्साघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस