तुलसीपुर वडा नं ११ द्वारा मास्क वितरण अभियान सञ्चालन

दाङ:-  बिश्वब्यापी महामारी फैलिएको कोरोना भाइरस विरुद्ध जनचेतना फैलाउदै तुलसीपुर ११ नम्बर वडा कार्यालयले मास्क वितरण शुरु गरेको छ । वडा कार्यालयले आफ्नै लगानीमा मास्क वितरण शुरु गरेको वडा सदस्य सुबास डागिले जानकारी दिनुभयो ।

वडा सदस्य डागिका अनुशार पहिलो चरणमा ६० बर्ष माथिका जेष्ठ नागरिकहरुलाइ मास्क वितरण शुरु गरिएको हो । पहिलो चरणमा करिब ३ हजार मास्क वितरण गरिएको र दोस्रो चरणमा अन्य उमेर समुहका ब्यक्तिहरुलाइ वितरण गर्ने लक्ष्य रहेको वडा अध्यक्ष चित्र बहादुर वलिले जानकारी दिनुभयो ।

टाेल बिकास संस्थाको सहकार्यमा घर घरमा पुगेर मास्क वितरण गर्न शुरु गरिएको हो । मास्क वितरणसंगै कोरोना भाइरसबाट बच्न सरकारको निर्देशन पुर्ण रुपमा पालना गर्न पनि उक्त टोलिमा हिडेका जनप्रतिनिधिहरुले अनुरोध गर्ने गरेका छन् । उक्त टोलिमा वडा अध्यक्ष चित्र बहादुर वलि, वडा सदस्यहरु सुबास डागि, घनश्याम गौतम, निर्मा चौधरी र खिमा कुमारी बिक हुनुहुन्छ ।

पायक पर्ने गाउमा वडा सदस्यहरुलाइ लक डाउनमा त्यहाको अबस्था बारे निरन्तर निगरानी गर्न जिम्मेवारी समेत वडा कार्यालयले तोकेको छ । मास्क वितरण संगै केही दिन पहिले भारत तथा बिदेशबाट घर फर्किएकाहरुको स्वास्थ्य अबस्था बारे जानकारी तथा तथ्यांक संकलन गरेको उरहरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सहित जनप्रतिनिधिहरुले निरन्तर निगरानी पनि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस