आज मुर्ख दिवस

काठमाडौं :- गुगलले यस वर्ष ‘मुर्ख दिवस’ नमनाउने भएको छ । कोभिड–१९ को महामारीका बीच गुगलले आफू गम्भीर रहने बताउँदै यस्तो निर्णय गरेको हो ।

बिजनेस इन्साइडरले गुगलका म्यानेजरलाई लेखिएको आन्तरिक पत्रलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो।

‘कोभिड–१९ महामारीसँग लडिरहेका प्रत्येक व्यक्तिको सम्मानका लागि यस वर्ष हाम्रो परम्परालाई स्थगित गरौं । हाम्रो सबैभन्दा ठूलो उद्देश्य भनेको मानिसहरुलाई सकेसम्म सहयोग गर्नु हो । त्यसकारण हाम्रो ठट्टा अर्को वर्षको अप्रिलसम्मका लागि जोगाएर राखौं,’ गुगलका मुख्य बजार अधिकारी लोरेन टुहिलले जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस