नर्सलाई घरबाट निकाल्ने वडा सचिव पक्राउ

घोराही – घोराही उपमहानगरपालिका वडा नं.२ का वडा सचिव नारायण आचार्य पक्राउ परेका छन्।

उनीमाथि घोराही १८ नवलपुरस्थित आफ्नो घरमा डेरामा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ गणेपुरकी २० बर्षीया नर्स सिर्जना खड्कालाई निकालेको आरोप लागेको थियो।

त्यो खवर सार्वजनिक भए लगतै वडा सचिव आचार्यलाई आवश्यक कारवाहीका लागि पक्राउ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।

घोराहीस्थित एक निजी हस्पिटलमा कार्यरत नर्स खड्का गत मंसिरदेखि साथीहरु संगै मिलेर आचार्यको घरमा भाडामा बस्दै आएकी थिइन्।

त्यहाँबाट निकालिएपछि हाल घोराहीस्थित एक होटेलमा बस्दै आएको खड्काले जानकारी दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस