लकडाउनको प्रभाव सुनसान काठमाडौं उपत्यका(फोटो फिचर)

काठमाडौं – सधै भिडभाड हुने काठमाडौंका सडक -बजार प्राय हिजोआज सुनसान छन् । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड-१९) ले विश्व आक्रान्त छ । नेपाल सरकारले पनि कोरोनाको संक्रमण फैलन नदिन देश लकडाउन गरेको आज सातौं दिन हो । गत मंगलबारबाट एक साताका लागी गरिएको लकडाउन हिजो बसेको मन्त्रिपरिषदको बैठकले चैत्र २५ सम्म लम्ब्याउने निर्णय गरेको छ । लकडाउनसँगै काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक क्षेत्रहरु ठप्प छन् । खाद्यन , औषधी पसल र अत्यावश्य चिज बाहेक अन्य सबै बन्द छन् । सरकारले दैनिक ज्यालादारी गरी कामगर्ने लाई लकडाउनका कारण मारपरेपछि राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै होटल रेष्टुरा बन्द भएपछि सडकमा बस्दै आएकाहरु पनि बन्दको मारमा परेको भन्दै विभिन्न संघ संस्थाहरुको अगुवाइमा खाना खुवाइरहेका छन् । सधै भिडभाड र चहलपहल हुने काठमाडौं यति बेला सुनसान छ ।
लकडाउनमा उपत्यकाका विभिन्न ठाँउहरुका दृश्यहरु

प्रतिक्रिया दिनुहोस