जगदुल्लामा ३ ठाउमा ३/३ सैयाकाे आईसाेलेशन तयार

लेख बुढा/डाेल्पा :-
डाेल्पाकाे जगदुल्ला गाउपालीकाले तीन ठाउमा तीन तीन सैयाकाे अाईसाेलेसन सहित क्वारेनटाईन निर्माण गरेकाे छ । ७ वठा वडा रहेकाे उक्त गाउपालीकामा जुम्ला र डाेल्पाकाे सिमानाकामा पर्ने चाैरीकाेट स्वस्थ्य चाैकी चाैरीकाेट,रिमि स्वस्थ्य चाैकी झ्याकाेट र काईगाउ स्वास्थ्य चाैकी काईगाउमा तिनतिन सैयाकाे अाईसाेलेशन सहित क्वारेनटाईन निर्माण गरीएकाे जगदुल्दा गाउपालीकाका ईन्जिनियर खगेन्द्र एडीले जानकारी दिनु भयाे ।

महामारीकाे रुपमा फैलिएकाे नाेवेल काेराेना भाईरस (काेभिड-१९) फैलिन नदिनकाे लागि शनिवार गाउपालीका अध्यक्ष नारसिहँ राेकाया र वडा २ का अध्यक्ष मीन बहादुर थकाली सहितकाे टाेलीले वडा नं २ का बासिन्दालाई मास्क वितरण गरेकाे छ । गाउपालीका अध्यक्ष नारसिहँ राेकायाले शनिवार स्वस्थ्य चाैकिहरुमा निर्माण गरीएकाे अाइसाेलेसन र क्वारेनटाईन क्षेत्रकाे अनुगमन गर्दै यदि कसै वहिरी ठाउहरुबाट प्रवेश गरेकाे वा काराेना काे लक्षेण देखिएमा स्वास्थ कर्मी वा हेल्थडेक्सहरुमा सम्पर्क गर्न अाग्रह गर्नु भएकाे थियाे । स्थानियलाई सरसफाईमा ध्यान दिन र सरकाले जारी गरेकाे लकडाउनलाई पालना गर्न उहाले अाग्रह गर्नु भएकाे छ । यस्तै याे माहामारी विरुद्वमा गाउपालीकाे तयारी रहेकाे भन्दै जनतालाई नअातिन पनि अाग्रह गरिएकाे छ । अाज वडा नं २ काईगाउमा मास्क वितरण गरीएकाे छ भने अन्य वडाहरुमा भाेलीदेखि वितरण गर्ने तयारी रहेकाे ईन्जिनियर एडीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस