स्वास्थ्य सामाग्री उपलब्ध गराईदिन तिनै तहकाे सरकारलाई पुर्व राज्यमन्त्री बुढाकाे ध्याना आकर्षण

लेख बुढा/डाेल्पा :-
डाेल्पा जिल्ला बाट निर्वाचित प्रतिनिधि सभा संसद तथा पुर्व पर्यटन राज्य मन्त्री धन बहादुर बुढाले एक बिज्ञेप्ती जारी गर्दै तिनै तहका सरकारलाई ध्यानाअाकर्षण गराउनु भएकाे छ । डाेल्पा जिल्ला प्राकृतिक,संस्कृतिक,धार्मिक र पर्यटकिय हिसावले महत्वपुर्ण ठाउँ भएकाे र भाैगाेलिक हिसावले नेपालकाे ठुलाे जिल्ला भाैगाेलिक बिकट्ता भएकाेले स्थानियलाई एक ठाउँ बाट अर्काे ठाउँ जान दुई तीन लाग्ने भएकाेले विश्वव्यापी रुपमा महामारी फैलिएकाे नाेवेल काेराेना भाईरस (काेभिड-१९) बाट सुरक्षित हुनकाे लागि पिपिई लगायत अत्याअाबश्यक स्वस्थ सामाग्री र व्यवस्थीत क्वारेन्टाईन काे व्यवस्था गरि दिन भन्दै विज्ञेप्ती मार्फत संघिय सरकार,प्रदेश सरकार र स्थानिय सरकारलाई प्रतिनिधि सभा सदस्य तथा पुर्व पर्यटन राज्य बुढाले ध्यानअार्कषन गराउनु भएकाे हाे ।

संसद बुढाले छिमेकि देश र विभिन्न सहरहरुबाट गाउँ घर तिर मानिसकाे भिड हुने भएकाेले डाेल्पा जिल्लाका ८ वटा स्थानिय सरकारलाई सरकारलाई समयमै क्वारेनटाईन सहित स्वस्थ कर्मि र अाैषधीहरुकाे ब्यवस्था गर्न अनुराेध गर्नु भएकाे छ । यस्तै डाेल्पा भाैगाेलीक हिसाब ले विकट डाेल्पा जिल्ला मा स्वास्थ कर्मिहरु पिपिई र स्वस्थ उपकरण विना नै उपचार गरीरहेकाे भन्दै संघिय सरकार र प्रदेश सरकारले माहामारी नियन्तरणकाे लागि समयमै पिपिई सहित अत्याअाबश्यक स्वास्थ सामाग्री र अाैषधी उपलब्ध गराई दिन पनि अाग्रह गर्नु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस