बिदेशबाट फर्किएकाहरुको जाच गर्दै तुलसीपुर ११

दाङ :- उरहरी स्वास्थ्य चौकिको प्राबिधिक सहयोग तथा सहकार्यमा तुलसीपुर ११ नम्बर वडा कार्यालयले भर्खरै बिदेशी मुलुकबाट घर फर्किएकाहरुको स्वास्थ्य परिक्षण गर्ने भएको छ ।। वडा अध्यक्ष र स्वास्थ्य चौकी प्रमुख द्वय चित्र बहादुर वलिका अनुशार भोलि देखि नै उनिहरुको स्वास्थ्य अबस्था बारे जानकारी लिन सामान्य स्वास्थ्य जाच गरिने छ ।

बिशेष गरि कोभिड १९ कोरोना भाइरस प्रभावित मुलुकबाट भर्खरै घर आइपुगेकाहरुको स्वास्थ्य अबस्था बुझ्न स्वास्थ्य परिक्षण गर्न लागिएको तुलसीपुर ११ नम्बर वडा सदस्य सुबास डागिले जानकारी दिनुभयो । वडा सदस्य डागिका अनुशार स्वास्थ्य परिक्षण संगै उनिहरुलाई मास्क बितरण तथा कोरोना भाइरसबाट बच्ने उपाय बारे सचेतना प्रदान गरिने छ । आआफ्नो टाेलमा २ हप्ता यता बाहिरी मुलुकबाट घर आएका ब्यक्तिहरु बारे सुचना दिन पनि सबै टाेल बिकास संस्था तथा टाेलवासिहरुमा वडा कार्यालयले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस