कोरोनाको त्रास – लिखु तामाकोशी गाउँपालिकामा २० सैयाको कोरोना उपचार कक्ष तयार

पुष्कर खड्का/रामेछाप :- लिखु तामाकोसी गाउँपालिका धोबि बजारमा आपतकालीन उपचारको लागी ३० बेडको क्वारेन्टाइन स्थापना भएको छ। लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का सहितको टोलीले उक्त क्वारेन्टाइन तयार पारिएको हो । गाउँमा कोरोनाबाट बच्नको लागि इलाका प्रहरी कार्यालय धोबीका प्रहरी नीरिक्षक मदन थापासँग सहकार्य गरेर भिडभाड नगरी विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरिएको थियो । कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि आपतकालीन उपचारको लागी ३० बेडको स्थापना गरिएको गाँउपालिका अध्यक्ष गोबिन्द बहादुर खड्काले जानकारी दिनुभयो ।त्यस्तै ३०० थान माक्स पन्जा हात धुने साबुन तथा हात धुनको लागि पानी ड्रमुको ब्यबस्था गरियको छ ।

उक्त अवसरमा गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्काले ३० थान कम्बल, १० थान सिरानी तथा १० थान तन्नाको ब्यबस्था गर्नु भएको र बाँकी थप आवश्यक सामाग्री लिनको लागि तत्काल काठमाडौं पढाउने जानकारि दिनुभयो ।गाउँपालिका खड्काले अति अावश्यक बाहेक घर बाहिर नजान, नआतिकन बस्न सबै वडा बासिहरुमा आग्रह गर्नुभयो । वडाको ३ ठाउँमा साबुन पानी सहितको धारा निर्माण गरिएको उहाँले बताउनुभयो । गाउँपालिका र ईलाका प्रहरी कार्यालय धोबि डाडाको सहयोगमा घरघरमा गएर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन समेत आग्रह गर्दै कोरोना भाईरस सम्बन्धि सचेतना फैलाएको उहाँले बताउनुभयो । यसै गरि नेपाली कांग्रेस क्षेत्रीय १ का सचिब निरोज खड्काले गाउँ गाउँ गएर माक्र्स बितरण तथा सुरक्षित रहन आह्न गर्ने जानकारि गराउनुभयो ।

त्यस्तै गरि लिखु तामाकोसि गाउँपालिकाका बिपि विचार प्रतिष्ठानका संयोजक दामोदर खड्का तथा नेपाली कांग्रेस लिखुतामाकोसि गाउँपालिकाका नेता हरि खड्काले जन्तालाई आवश्यक परेको अबस्थामा हरेक कुराको सहयोग गर्ने प्रतिबद्ता जनाउनुभयो ।अावस्यक बाहेक घर बाहिर नजान, नआतिबस्नु भनेर सबै वडा बासि हरुमा आग्रह गर्नुभयो । सोही अवसमार इलाका प्रहरी कार्यालय धोबिका प्रमुख मदन थापाले उक्त स्थानमा आवश्यक परेको बेला जुनसुकै अबस्थामा सहयोग गर्ने र भिड भाडमा नजान तथा खानपिनमा विशेष जोड दिन अनुरोध गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस