लन्डन बाट समाजसेवी इशा गुरुङ द्वारा ५० बोरा चामल सहयोग

हिमालराज विश्वकर्मा/चितवन :- नेपालमा जन्मिएर कर्मथलो लन्डन बनाइरहनु भएको दयालु मनको धनी तथा समाज सेवी इशा गुरुङद्वारा महामारीको रुमा फैलिरहेको कोरोना भाइसर बाट नेपाललाइ बचाउन नेपाल सरकारले पुरै नेपाल लक डाउन गरे पश्चात् श्रमजीवी मजदुर र अभावमा गुज्रिएको केही समुदायको रोजी रोटिको समस्यालाइ मध्यनजर गर्दै ५० बोरा चामाल सहयोग गर्नु भएको छ।

उहाले आफ्नो फेसबुक स्टाटस्मा “नेपाल लाइ आपात बिपत पर्दा , दैबी प्रकोप हुदा र अरू बेला पनि सहयोग गर्दै आएको छु , यस कोरोना भाइरसले महामारी फैलिएको बेलामा मेरो तर्फ बाट ५० बोरा चामाल सहयोग जसको घरमा भात पाकेको छैन भनेर लेख्दै
१० बोरा चामाल राम बाबु सेवन,
१० बोरा चामाल प्रतिभा खडगा ,१० बोरा चामाल शंकर तिवारी, १० बोरा चामाल दुर्गा नाथ दहाल र१० बोरा चामाल दिपक बोहरा लाई जिम्मा दिदै ती पीडित र दुखीको मा पुर्याउन जिम्मा लगाउनु भएको छ।

प्रतिक्रिया दिनुहोस