खाडिका युबा र कोरोनाको प्रकोप

काठमाडौं :- विश्व इतिहासमा आज एउटा यस्तो मोड आइदियो जहाँ अमेरिका जस्ता बिस्वको कुनै पनि कुनामा बसि संसारभरी आधिपत्यता जमाउने सम्मृद्दसाली रास्ट्र ठुलै दुर्घटनामा परि उपचार पश्चात् बैसाकी टेकेर तंग्रदै उभिएको लंगडो मानव झैं दिनानुदिन हुँदै गै रहेको छ।
विश्व इतिहासलाइ नियाल्दा प्राचिनकालमा संस्कार र संस्कृती अनि संस्कृत सिक्षाले दिएको ग्यान अनि बिस्वको पैलो ग्यानसागर बेद! यी तीन कुरामा बनेको तादम्यता र उतिबेलै घोसित आजको समयलाइ अब भौतिक बिग्यानमा दगुर्न तल्लिन हामी युबाहरुले निस्चयपनी नियाल्नै पर्ने देखिन्छ !

तलवार बलियोकी कलम भन्ने प्रस्नको उत्तर मा सदियौं देखिको भनाइ आज फेरि कोरोनाले पुष्टि गरिदिएको छ । बिस्व अर्थतन्त्र र ती देसका अर्थतन्त्रमा नेपाल सानो देस भएर पनि नेपाली युबाले बगाएको खुन र पसिना सँग जोडि आजको यो लेख कोरोना सँगै अगाडि बढ्ने छ ! यद्दपी यो प्राण घातक र मानव संसाधनको चुनौतिको रुपमा अगाडि आएको नस्विकार्ने कुरै भएन!!!

देसले विश्व अर्थतन्त्रसँगै आफ्नो खुड्किलाहरु अगाडि फैलाउन नसक्दा आज बिस्वका कुनाकुनामा बैध अबैध रुपमा फैलिई कयौं देसहरुलाइ सिंगमरमर जडान गगनचुम्बी भवन्मा ती देसका साधारण नागरिकलाइ बस्ने त्यो सुखसयल प्रदान गरि आफू आज यो प्रकोप फैंलदा पनि हाइड्रोजन ग्याँस देखि लिएर विश्व बजार्मा अधिक माग भएका जेहेरिला ग्याँसहरु खाइ श्रम बेचिरहेका ति तमाम युबायुबतिहरु सँगै म पनि कथम कदाचित आफुलाइ तिनै युबा सँग रङ्गालिदै आएको यथार्थ लाई ढाट्ने कुरै भएन !

मैले सुनेको थिए अलिअली पढेको पनि थिंए कि पैलो विश्व युद्द त्यसका डोबहरु अनि त्यो नसकिदै दोश्रो विश्व युद्द र विभिन्न मानव उत्पादित क्रान्ती !!
जस्तै रुसि क्रान्ती , सोभियत सँघको क्रान्ती , मावोको चिनियाँ क्रान्ती हुँदै विभिन्न देसहरुले आफुलाइ सम्मृद्द बनाउने क्रम्मा भोगेका अनेकौं उदाहरण हरु मैले मेरो बिबेक्ले भ्याए सम्म नियाल्ने प्रयत्न गर्दै आएको छु ।

इतिहासलाइ कोट्याउदा थोरै भन्नै पर्नेहुन्छ कि प्रथम विश्व युद्ध चार वर्षसम्म चलेको थियो र त्यो एउटा सिंगो पुस्ताका लागि नै परिवर्तनकारी अनुभव हुन पुग्यो। युद्धपछि संसार नै एउटा परिवर्तित रुपमा देखियो जहाँ साम्राज्यहरु ढले भने नयाँ राष्ट्रहरु बन्न पुगे। कुनै पनि कुरा पहिलेको जस्तो रहेन। युद्धको पहिलो छ महिनामा भएका उल्लेखनीय कुराहरु सबै पस्कने ममा न क्षमतानै रहन्छ न त संभावना नै ती मध्ये एउटा घटनालाइ संझदा
२८ जुन, १९१४
अष्ट्रीयाली राजसिंहासनका उत्तराधिकारी आर्चड्युक फ्रान्ज फर्डीनान्ड र उनकी श्रीमतिको साराएभोमा, एकजना सर्ब राष्ट्रवादी, गाभ्रीलो प्रीन्सीपले हत्या गरेपछि घटनाक्रमहरु यस्तरी श्रृंखलाबद्ध ढंगले अघि बढ्छन् की तिनले छ हप्ताको अवधिमा नै युद्धको रुप लिन पुगेका थिए । केहि दिन भित्रै जर्मनीको समर्थनप्राप्त अष्ट्रीया-हंगेरीले सर्बियालाई पहिले अल्टीमेटम दिदै युद्धको घोषणा गरेको थियो ।

त्यस्तो युद्ध विस्तारित भएर आगामी चार बर्षसम्म चल्यो त्यसले केके गर्यो त्यो सबै बेलि बिस्तार लगाउन यहाँ सान्दर्भिक हुदैन र सकिँदैन पनि !!
जबजब लोभ र पापले सिमा नाघ्दछ तबतब यो शृस्टिकर्ताले पृथिबी सहित तृलोक चौध भुवन आफ्नो नियन्त्रणमा लिन्छन भन्ने आह्वान आज कल्पित मात्र हैन जाग्दै गएको प्रस्ट देखिन्छ !
मेरो देस आज यो लेख लेखुन्जेल सम्म तीन जना मात्र कोभिड -19 संक्रमित भएको एक भाग्यमानी र सुरक्षित देस को रुपमा चिनिएको देखिन्छ यो अत्यन्त खुसिको कुरा हो !

तर बिस्वलाइ आफ्नो कब्जामा लिएर हिरोको खेल लास्टमा हुन्छ भनेझै फिल्मी सैलिमा एक्दमै धिमे गतिमा अगाडि बढेको यो भाइरस र देसको सरकार आफ्ना नागरिक प्रतिको अनुदारता लाई अब कोट्याउन चाहन्छु ।
आज विश्व सिकिस्त छ , यो महामारिमा प्राय प्राय बिस्वको सबै कुनाले आफ्नो देसको नागरिक भोलि थेग्न सकेन भने पक्कै पनि आप्रबासनमा भएको दोश्रो देसको नागरिक रहर वा कहरले डिपोर्ट गर्नु उस्को पैलो कर्तब्य हुन आउँछ त्यसका विधि र तरिकाहरु बारे म बिचलित हुन चाहन्न !

यदि त्यस्तो अवस्था आएर आफ्नो देसको नागरिक आफैं लिइ उपचार गर्ने नीति सम्बन्धित देसहरुले लिएको खन्डमा हाम्म्रो देसको हालत के हुन्छ ? आज विश्व श्रम बजारमा छरिएर रहेका युबायुबतिको लगत सम्म चुस्त दुरुस्त राख्न नसक्ने सरकारले के ती सबै नागरिक लाई यो प्रकोप बाट छुटकारा दिकाउन सक्छ ??
एउटा प्रतक्ष उदाहरण यहाँ पेस गर्न चाहन्छु > कि आज खाडिको एउटा मात्र प्रोजेक्टमा काम गर्ने समग्र कामदार जोड्नेभने कम्तिमा दुई चार हजार लाई सामान्य लिन पर्दछ !

तर म जहाँ काम गर्दछु त्यहाँ त एउटा प्लान्टमै 30 हजार माथी करिब 40 मुलुकका नागरिक काम गर्दछन । तिन्को दैनिकी कस्तो हुन्छ अब यस्को चर्चा गरौं , एक बिहानै उठि करिब बिहानको 5 बज्दै डिउटी जान हजारौंको संख्यामा तछाँड मछाड ती कामदार बोक्ने सयकडौं लामा ठुला बस त्यतिनै संख्यामा मिनि र हल्का सवारी साधन जब बाटो लाग्दछन रोड ट्राफिक जाम्मा फस्दछ को कुन देस बाट कैले आएको त्यस्को लेखा जोखा कम्पनिलाइ मात्र हुन्छ तर अर्को सँगै बसेको साथिलाइ केही थाहा हुन्न किनकि मल्टिपल भासा को समस्या एकातिर हुन्छ भने बिनाकाम चासो राख्न मिल्दै मिल्दैन , जब ती श्रमिक आफ्नो दैनिकी गुजार्न प्लान्टको मेन गेट नजिकै लाम बद्द गाडिमा पुग्दछन अनि सबै भेडा बाख्रा झैं झारी यो महामारिको बेला सेक्युरिटी चेक गर्न कम्तिमा दुई तीन घन्टा खुल्ला आकासमुनी खडा गराइन्छ जब जब आर्मिले चेक गर्दै जान्छ तब तब सबैका नकाब आधा घन्टा पैलेई उतारिएको हुन्छ अन्यथा यहाँको कानुनको नजरमा परे भर्खरै छुटेका मेरा जिल्ला बासी पृय साथी खड्ग जोगिकै हालत उस्को पनि हुनेछ ।

जेनेतेने ती गेट पार गरि कार्यस्थल्मा पुग्दा बिहानको नौ बजि सकेको हुन्छ फेरि सुरु हुन्छ नाटक कि safety first भन्दै अनि हाँसोलाग्छ किनकी हातमा दल्न एन्टिसेप्टिक औषधि दिइन्छ यो गर्न पर्छ उ गर्न पर्छ भन्दै घन्टौं उभ्याएर दनक दिइन्छ तर अगाडि सेक्युरिटी चेक पोस्टमा यस्तो के गरेको भन्दा चुप यो मेरो देस हो यहाँकाम गर्न आएको कि जुध्न ? सवाल यहि रहने छ !
त्यति बेला ती कामदारहरु खामोस भै गच्छे अनुसारका भासा प्रयोग गरि हाँ साब हाँ हाँ काहा करिङ्गे नखरा नहि करेगा बोल्दै टुल बक्स सकिन नपाउदै h2s / NH3 , सल्फर युरिया आदि जतिपनी खतर्नाक ग्याँस छन ती सबै खाँदै दिन गुजार्दै आइरहेको यिनै आँखाले देख्दै सँगसँगै भोगिरहेकाछन !
अब एक्छिन गाउँ फर्कौं >
अहिले गाउँ गाँउमा आइसोलेसन बेड , हस्पिटल अनि बिग्यहरु भित्रदाछन फेसबुक्मा लेख्दा छन अनि देसकै स्वास्थ मन्त्री अघिल्ला दिन २०/२५ को भिड लाग्न नहुने बिग्यप्ती निकाल्छन र भोलि पल्ट २/४ सय जम्मा गरि पत्रकार सम्मेलन गर्दछन ! अब भनौत मेरो देस कता जाँदैछ ? बैदेसिक रोजगारिमा भएका ती युबा आज कसरी दिन गुजार्दैछन छ हेक्का नेपाल सरकारलाइ ?
यदि खाडि वा अन्य रास्ट्रको नोकरी भोलि सकिए लाखौं हैन करोड को हाराहारिमा भित्रने युबा लाई यो सरकारले ब्यबस्थापन गर्न सक्दछ ?? के तिनिहरु लाई कोरोना ले छोएको नछोएको कसरी पत्ता लगाउला ?? किनकी जबरजस्ती मद्य रातमा आएर एयर्पोर्ट लेन्ड गरेको बिमान्को प्यासेन्जर एयर्पोर्ट छिचोली धन्कुटा पुग्दा सरकार पत्तो पाँउदैन ! सरकारले आफ्ना नागरिक देसमै ल्याइ संकट टार्न आज सम्म के समन्वय गर्यो ?
एकछिन दुताबास तिर फर्कौ!

दुताबासको काम केहो ? दुतावासले माथी उल्लेख गरेको परिस्थिको लागि कैलेई पहल गर्दछ गरेको छ ? यदि छ भने त्यो भिडियो कन्फरेन्स र फेसबुक लाइभ्मा होला फिल्डमा छ ?? छैन, यदि समस्या परेर अनुरोध राख्न फोन गरे म बिजि छु एक्दमै कोरोनाको कारण कामको चाप परेर हेर्नुन भ्याँउदै भाइएन भनी मीठो स्वरमा ललिपप दिदै बिदा लिन्छन अनि फेरि उस्ले तोकेको समयमा फोन लगाए यात पैलेई ब्ल्याक लिस्ट गरिएको हुन्छ नभएनी कल उठ्दैन , खाडिका अधिकांस दुतावासको दिनचर्याको असलियत यहि देखेको छु ।यदि यो कुरा कसैलाइ नराम्न्रो लाग्दछ भने फिल्डमा आइ अद्ययन गरौं म चुनौती दिन चहन्छु कि आफ्ना श्रमिक के गर्दैछन सम्म पत्तो नहुने राजदुताबासले गर्ने मिठा भासणले ती कामदारको हित कसरी हुन्छ ??

कुनै कर्मचारी कुनै दिन कुनै कामदार सँग पुगि भिडियो लिई उन्को समस्या आजसम्म नेपाल सरकारको राजदुतावासको कोहि कर्मचारिले लाइभ गरेको कसैले देखेको छ ?? छैन ! किनकी राजदुतावास को काम माथिनै उल्लेख गरिसकिएको छ ।
कोरोना बाट जोगिन आफ्ना नागरिकलाइ लकडाउन गरि आप्रबासी कामदार बाट काम लिई आफ्नो प्रोडक्सन गिर्न नदिन माथी उल्लेखित शैलिमा तल्लिन ती कम्पनिहरुमाथी नेपाल सरकार र राजदुताबासले आज्सम्म केके गर्यो ??
तमाम सवालहरु देखिन्छन !
अन्त्यमा
यो लेख धेरैलामो लेख्ने सोच हुँदाहुँदै कार्यब्यस्ता र समयको रस्सिको परिवन्धले घेरामा पारिएको यो परदेसिको एउटै चाहाना छ कि नेपाल सरकार > भोलि लासको ढेरी लाग्नुपुर्ब आफ्ना नागरिक र तिन्को स्वास्थ अवस्था बारे यो महामारिलाइ चीन ले झैं चुनौती दिई आफ्ना सबै दैनिकी भुली तिन्को अवस्था बुझ्न र यथोचित कदम चाल्न धेरै ढिला भै सक्यो ।
बृद्द बुबा आमा , अंगालो भरिकी पृयसी , कोक्राका नाबाल र मजेरिको चुलो झुठोले ती आप्रबासिहरुलाइ जसरी आज भिडियो कल्मा यो क्षणको सामना गरिरहेकाछन भोलि त्यो बिकराल रुप लिई देसै भबसागरमा डुब्न पुर्ब हिम्मत गर सरकार हिम्मत !अन्यथा रेमिटेन्स को लोभले नरहेबाँस बजे बाँसुरी होला !!
खतिवडायोगेन्द्र
प्रवास ।

प्रतिक्रिया दिनुहोस