कर्मचारी फरार क्वारेनटाईनकाे व्यवस्था नहुदा स्थानियहरु त्रासमा बस्नबाध्य

लेख बुढा,डाेल्पा :-
डाेल्पाकाे मुड्केचुला गाउपालीका का कर्मचारीहरु फरार भएका छन । बिश्वव्यापी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाईरस काेभिड १९ काे डरले कार्मचारीहरु अाफै असुरक्षित भएकाे भन्दै चैत्र १२ गते कार्यलय बन्द गरि फरार भएका हुन । मुड्केचुला गाउपालीकामा कार्यरत कार्यकारी प्रमुख,लेखापाल,लगायतका कर्मचारीहरु स्थानियहरुकाे लागि क्वारेनटाईन,हेल्थ डेस्क,लगायत अन्य व्यवस्था मिलाउनुकाे सट्टा सरकारले जारी गरेकाे लकडाउनकाे नियमलाई उलङघन गरि व्यपत्ता भएका हुन ।
जनतालाई सान्तवना दिनुकाे सट्टा कर्मचारी र जनप्रतिनिधिहरु अाफै फरार हुनुले याे राम्राे शन्देस नभएकाे स्थानिय शिक्षित युवा नवीन शाहीले बताए ।

विभिन्न ठाउहरुबाट गाउपालीकामा प्रवेश गरेका स्थानियहरुलाई क्वनरेनटाईनकाे व्यवस्था,विभिन्न ठाउहरुमा हेल्थ डेस्ककाे व्यवस्था ,नहुदा स्थानियहरु डरत्रासमा बसेका छन । विश्वमा महामारी फैलिएकाे काेभिड १९ काेराेना भाईरस वाहिरि जिल्लाला र देश हरुबाट अाएका मान्छेहरुबाट फैलिन्छ कि भन्ने डरत्रासमा अाफुहरु बसेकाे मुड्केचुला ६ नर्कु कि स्थानिय चन्द्ररुपा ठकुल्लाले बताईन । माहामारी अाउनु पुर्वनै गाउपालीका का जनप्रतिनिधि र कर्मचारीले कुनै पहल नचालेकाे भन्दै ठकुल्लाले गुनासाे गरिन । मुड्केचुला गाउपालीकामा साविकाे कालिका गाविस,नर्कु गाविस,र सर्मि गाविस गरि ९ वटा वडा रहेकाे छ । अहिले गाउपालीका भित्रका केही स्वास्थ कर्मीहरुले हेल्थडेस्काे व्यवस्था हुनलागेकाे र मानिसकाे चहलपहल थाेरै मात्रमा रहेकाे रेडियाे मुड्केचुला एफएम का स्टेसन मेनेजर लाेकचन्द्र राेकायाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस