लक डाउनको दोस्रो दिन दाङ तुलसीपुर सुनासान (फोटो फिचर)

दाङ :- कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि लकडाउन गरेपछि अधिकांश जिल्लाका सडकहरु सुनसान छन् ।

मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।

तर, बिहानपख केही स्थानमा लकडाउन उल्लंघन गर्दै मानिसहरु निस्किए पनि केहीबेरपछि मानिसहरुको उपस्थिति पातलो बन्दै गएको छ । दाङ लगायतका केहि स्थानमा मानिसहरुको चहलपहल ह्वात्तै घटेको छ ।

लकडाउन उल्लंघन गर्दै मानिसहरु हिँडडुल गर्न थालेपछि दाङका बिभिन्न स्थानमा प्रहरीहरु तैनाथ गरिएको छ । उनीहरुले सम्झाइबुझाइ गरेर घरभित्रै बस्न र कोरोना संक्रमणबाट जोगिन सुझाव दिएको दृष्य विपी चोकमा देखियो ।

सडकमा प्रेस, एम्बुलेन्स, पानी ट्यांकरलगायत अत्यावश्यक सेवाका साधनहरु भने देखिन्छन् । प्रहरीहरुले पास भए-नभएको चेक गरेरमात्रै गन्तव्यतर्फ जान अनुमति दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस