गौरीफन्टामा अलपत्र परेका नेपालीलाई स्थानीय तहको क्वारेन्टाइनमा राखिने

कैलाली:-  नेपाल-भारत सीमा क्षेत्र गौरीफन्टामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेश गराउनका लागि स्थानीय प्रशासनले अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलाली र प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गरेपछि सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेशको अनुमति प्राप्त भएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले अहिले दशगजा क्षेत्रमा पुगेका नेपालीहरुको विवरण तयार भईरहेको बताए । दशगजा क्षेत्रमा रहेका १९ जिल्लाका ९ सय १४ जनाको स्वास्थ्य परिक्षणपछि नेपाल प्रवेश गराएको बताउँदै प्रमुख जिल्ला अधिकारी बोहराले नेपाल भित्रिएकाहरुलाई गन्तव्यसम्म पुगाउने व्यवस्था पनि गरिएको बताए ।

उनका अनुसार प्रदेश सरकारको सहयोगमा प्रत्येक स्थानीय तहले क्वारेन्टाईनमा राख्ने समेत निर्णय भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका १९ जिल्लाका नागरीकहरु सोमबार साँझदेखि दशगजा क्षेत्रमै बसेका थिए ।

प्रतिक्रिया दिनुहोस