हेलिकप्टरबाट कोरोनाविरुद्ध किटनासक छर्ने समाचार झुठो

काठमाडौं :- नेपाली सेनाले हेलिकप्टरबाट किटनासक औषधि छर्ने समाचार झुठो भएको शनिबार बताएको छ।

केही दिनयता नेपाली सेनाले १२ बजे राति कोरोना भाइरविरुद्ध किटनासक औषधि छर्ने हल्ला चलेको छ।

सामाजिक सन्जालमा भाइरल बनेको अडियो र फोटोमा सेनाले राति किटनासक औषधि छर्कने हुनाले घरबाट सबैलाई ननिस्कन आग्रह गरिएको छ।

शनिबार एक विज्ञप्ती सार्वजनिक गर्दै नेपाली सेनाले उक्त विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

सेनाले विज्ञप्तीमा भनेको छ,‘हेलिकप्टर प्रयोग गरि किटनासक औषधी छाड्ने कुनै योजना नभएको जानकारी गराइन्छ। तसर्थः हालको संवेदनशिल घडीमा यस प्रकारको भ्रामक, झुठो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गहरुमा हार्दिक अनुरोध गर्दछ।’

प्रतिक्रिया दिनुहोस