कोइरालाको स्मृतिमा जिपि फाउन्डेसनको कार्यक्रम

दाङ :- नेपाली काङ्ग्रेसका पुर्ब सभापति तथा पुर्ब प्रधानमन्त्री युग पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १० औं स्मृति दिबसको अबसरमा जिपि फाउन्डेसन तुलसीपुर नगर समितिले आज तुलसीपुरमा कार्यक्रम गरेको छ ।

नगर संयोजक डिल्ली बहादुर डागिकाे अध्यक्षता एबम फाउन्डेसनका सल्लाहकार तथा प्रदेश ५ का सांसद शंकर गिरिको प्रमुख आतिथ्य एबम फाउन्डेसनका प्रदेश सदस्य केशबराज आचार्यको बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी सांसद शंकर गिरिले गिरिजा प्रसाद कोइरालाको दुर्दशीता र आटले गर्दा नेपालमा आएको गणतन्त्र कम्युनिस्टहरुका कारण बद्नाम हुन लागेकोप्रती चिन्ता व्यक्त गर्नुभयो । सांसद गिरिले कोइरालाको सहमती, सहकार्य र एकताको शिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको समेत चर्चा गर्नुभयो । कार्यक्रममा बिशिस्ट अतिथी फाउन्डेसनका प्रदेश सदस्य केशबराज आचार्यले समग्र बिकास र परिबर्तन संस्थागत गर्न गिरिजाप्रसाद कोइरालाको शिद्धान्त अबलम्बन गर्नु नै बुद्धिमता हिने धारणा राख्नुभयो ।

कार्यक्रममा फाउन्डेसनका जिल्ला कोषाध्यक्ष देबेन्द्र रिजाल, तरुण दल दाङका अध्यक्ष टीका घर्ती, काङ्ग्रेस महाधिवेशन प्रतिनिधिहरु चेत बहादुर सेर्पाइली, फल्कुदत्त भण्डारी, फाउन्डेसनका दङ्गिशरण संयोजक शम्भु गिरि, शान्तिनगर संयोजक नरेश डागि, तुलसीपुर नगर उप संयोजक मुक्ति प्रसाद न्यौपाने लगायतले नेपाली काङ्ग्रेसका पुर्ब सभापति तथा पुर्ब प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको योगदानको चर्चा गर्नुभएको थियो । फाउन्डेसनका दङ्गिशरण सचिब बिश्वमणि देबकोताको स्वागत मन्तब्यबात शुरु भएको कार्यक्रमको सहजीकरण फाउन्डेसनका तुलसीपुर नगर सचिब निम बहादुर केसिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस