मोडल पुनमको ‘कोरोना किस !

मुम्बई – बलिउडकी मोडल पुनम पाण्डे चर्चामा आउन अनेक हर्कत गर्ने गर्छिन् । सामाजिक सञ्जालले उनलाई बेलाबेलामा चर्चित बनाउँछ ।

यतिबेला फेरि उनी कोरोनाका कारण चर्चामा छिन् । कोरोना भाइरसको संक्रमणले बलिउड नै सेलाइरहेका बेला पुनले भने एक तस्वीर शेयर गरेकी छिन् । जुन तस्वीर भारतीय प्रयोगकर्ताले सामाजिक सञ्जालमा चासोका साथ शेयर गरेका छन् ।

पुनमले पोस्ट गरेको फोटोमा ब्यायफ्रेण्डलाई किस गरेको देख्न सकिन्छ । दुवैले आफ्नो अनुहारमा रुमाल लगाएका छन् । यसलाई कोरोना किस भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले चासो व्यक्त गरेका छन् ।

पुनमको यो तस्वीरलाई लिएर कतिले मास्कवाला लभ भनेका छन् भने कतिपयले कोरोना प्यार है भन्दै क्याप्सन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस