दोलखा तामाकोशी गाउँपालिका वडा नम्वर ३ स्थीत ढाँडे सितापाइला मानेडाँडा जोडिने सडकको स्थर उन्नति गर्ने काम सुरुवाती चरणमा

दिपक बस्नेत/दोलखा :-
दोलखा जिल्ला तामाकोशी गाउँपालिका भित्र रहेको सडक खण्ड विगत लामो समयदेखि विवादमा रहेको ढाँडे सितापाइला मानेडाडा जोडिने सडकको स्थर उन्नति गर्ने काम सुरुवाती चरणमा पुगेको छ ।
तामाकोशी गाउँपालिका वडा नम्वर ३ स्थीत ढाँडे सितापाइला मानेडाँडा जोडिने सडक गएकाबर्ष देखि संचालनमा भएपनि यस बर्ष स्थानियको जग्गा विवाद भएकाले काम हुन सकेको थिएन । हाल स्थानिय जग्गा धनिको रोवरमा काम सुरु गर्नु लागिएको गाउँपालिका वडा नम्वर तीनका वडा अध्यक्ष राम प्रसाद काफ्लेले जानकारी दिनु भयो ।
तामाकोशी गाउँपालिकाले चालु आर्थिक बर्ष २०७६÷७७ मा पचास लाख बजेट विनियोजन गरेको छ । सडक स्तर उन्नतिको काम समित मार्फत गरिने जनाइएको छ । हाल सडकको नाला निर्माण, चौडा बनाउने, ग्याविन, मेसिनेरी वाल जस्ता काम हुने वडा अध्यक्ष काफ्लेले जानकारी दिनु भयो । यो सडक संचालनमा आए तामाकोशी गाउँपालिकाको धार्मीक पर्यतकिय सडकको रुपमा चिनिने जानकारहरु बताउँछन् । तामाकोशी नदि देखि सिताको धारा, सितापाइला, मानेडाँडा, छौडे,गडिमाइक्षेत्र, देउराली, हुर्दै र्घोरनागी सम्म जोडिने अवत जावतमा सहज हुने देखिएको छ । पर्यटकिय हिसावले यो सडक महत्वपूर्ण हुने विज्ञहरु बताउँछन् । सितापाइला क्षेत्रलाई गाउँपालिकाले धार्मिक क्षेत्रको रुपमा विकास गर्न विभिन्न कामहरु गरिरहेको छ । धार्मिक दृष्टिले सिताको धारा, सिताको पाइलाले महत्वपूर्ण अर्थ राख्ने स्थानिय राजेश भण्डारी वताउनु हुन्छ । तामाकोशी गाउँपालिकाले हाल देउराली गडी क्षेत्र र र्घोनागी क्षेत्रलाई डिपिआर तयार गरि पर्यटकिय स्थलको रुपमा विकस गदै छ ।

प्रतिक्रिया दिनुहोस