फेरि टिपर आतंक : पनौतीमा टिपरको ठक्करले आमा-छोरीकै मृत्यु

काठमाडौं :- काभ्रेमा टिपरले ठक्कर दिँदा आमा-छोरीकै मृत्यु भएको छ।

प्रहरीका अनुसार काभ्रेको पनौती बसपार्कमा सोमबार साँझ बा ४ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा आमा र छोरीको मृत्यु भएको हो।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका काभ्रेकै खानीखोला १ का ३३ वर्षीया जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिकाको उपचारका क्रममा मृत्यु भएको हो।

ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको काभ्रे प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि पनौतीमा केही बेर तनाव भएको थियो।

प्रतिक्रिया दिनुहोस