खुकुरी प्रहार गरेको अारोपमा दुईजना पक्राउ

दाङ: तुलसीपुरमा खुकुरी प्रहार गरेको आरोपमा दुई ब्यक्तिलाई पक्राउ गरिएको छ । आईतबार राति १ बजेतिर टरिगाउँ एयरपोर्ट नजिकै तुलसीपुर ५ रतननाथ टोल निवासी २३ वर्षीय हिरा डाँगी माथि खुकुरी प्रहार गरेको अारोपमा दुईजना ब्यक्तिलाई पक्राउ गरिएको हो ।

पक्राउ गरिएका व्यक्तिको नाम, ठेगाना गोप्य राखिएको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरीहरनाथ योगीले जानकारी दिए ।

खुकरी प्रहारबाट डाँगीको मृत्यु भईसकेको छ । खुकरी प्रहारमा कति जना सहभागि थिए, के कारणले खुकुरी प्रहार भयो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार अनुसन्धान तथा घटनामा संलग्नको पहिचान गरि पक्राउ गर्नका लागि जिल्ला भरमा प्रहरी तैनाथ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस