प्रदेशी भुमिबाटै दाङका अर्जुन गित सृजनामा व्यस्त(भिडियो सहित)

काठमाडौं :-गित संगित भन्नावित्तीकै मन नपराउने कोपो हुन्छ र हरेक सुख दुखमा गित संगित त्यो औषधि हो जो हरेक मानिसको साहरा बनेको हुन्छ । सृजना भन्ने कुरा जहा गएपनि हराउदैन झनै फक्रेर अघि आउछ जस्लाई भुल्छु भन्दा पनि कहिल्यै भुलिदैन जुन कहिल्यै हरायर पनि जादैन कुनै पनि व्यक्तीको सृजना उसको आफ्नो सम्पति समेत हो । आफु भित्र रहेको कला सात समुन्द्र पारी हुदापनि कहिल्यै मर्देन झन त्यसले जहिल्यै आफुलाई बाहिर ल्याउन हौसाईरहन्छ । यस्तै सर्जक मध्येका एक सर्जक जो हाल दुबैमा आफ्नो श्रम वेच्दै गर्दा पनि आफ्नो कला र सृजनालाई मार्न सकिरहेका छैनन् बरु झन दिनप्रतिदिन बाहिर पोख्न अभ्यस्त बन्दै छन् । दंगीशरण गाँउपालिका वडा न २ गोल्टाकुरी घर भई हाल दुबैलाई कर्म थलो बनाउदै आएका अर्जुन छिनालले एकपछि अर्को गितहरु वजारमा ल्याएर आफुलाई स्थापित गर्न खोज्दैछन । वाल्यअवस्थामा गाँउघरमा गित गाउन र नाटक देखाउन निकै खप्पिस अर्जुनले आफु विदेशमा रहदा पनि आफुभित्रको कलालाई मर्न दिएका छैनन् । उनि भन्नछन् आफुभित्र रहेको कलाले सधै काउकुति लाउछ पोख्न नपाउदा, बाध्यता र विवशताले गर्दा विदेशीभुमिमा हुनुपरेपनि आफुभित्ररहेको कलाले सधै घचघचाउने हुुदा देशप्रतिको माया अझ बढेर जाने उनले वताए । विदेशमा रहदा आफ्नो गाँउघर वनपाखा साथिसंगि र आफन्तको सम्झनाले गर्दापनि आफुभित्र रहेको सृजनालाई मार्न नसकिने उनको बुझाई रहेको छ । वाल्यकालमा गाँउघरमा हुदा मेलापर्वमा गित गाउन माहिर अर्जुनलाई कुनैपनि अवसरमा रमाईलो गर्नुपर्दा उनको खोजि हुने गर्दथियो र उनको उपस्थितीले मात्र निकै रमाईलो हुने गर्दथियो गायन संगै नाटकमा समेत उत्तिकै प्रतिभा रहेका अर्जुले नेपालमा रहेको चर्चित नाट्य समुह सर्वनाम नट्य समुहसंग पनि बिभिन्न नाटकहमा समेत आफ्नो भुमिका देखाउने अवसर समेत पाएका थिए । हरेक क्षेत्रमा राम्रो कला भएका अर्जुनले हाल विदेशमा रहेर बिभिन्न गितहरु वजारमा ल्याएका छन जुन गितहरुलाई दर्शक र स्रोताहरुले समेत त्यत्तिकै मन पराईदिएको उनले वताए । होनि रेशम र तिम्रो अभाव भन्ने गितमा उनले गायिका देवि घर्ती र निर्माया तामाङ संग स्वर भरेका छन कुलेन्द्र विश्वकर्मा र निशा केसीको स्वर रहेको ए सानु तिम्रै चलन भो गितको वोल रहेको गितमा उनले संगित भरेका छन ।
केही समयमै फेरी विभिन्न गितहरु वजारमा ल्याउने तयारीमा आफु रहेको उनले वताए । सानै देखी गायन भन्ना वित्तिकै मरिहत्ते हुने अर्जुन छिनाल पारिवारीक समस्याको कारण विदेशी भुमिमा भासिनु परेपनि गायनलाई भने कहिल्यै मर्न नदिने उनि सुनाउछन । केही समयपछि आफु स्वदेश फर्कने र अझ यो क्षेत्रमा आफु जमेर लाग्ने योजनामा आफु रहेको उनले वताए ।

भिडियो: https://www.youtube.com/watch?v=e6xmyqGH5B0&feature=share

प्रतिक्रिया दिनुहोस