भिमेश्वर रुद्र मा.वि चिसापानीका विद्यार्थीलाई माक्स वितरण

पुष्कर खड्का/रामेछाप : विश्वको १ सय २६ भन्दा बढि देशमा फैलिएको नोवेल कोरोना भाइरसको जोखिमतालाई मध्यनजर गरी रामेछापको मन्थली नगरपालिका वडा नं ८ चिसापानीमा रहेको श्री भिमेश्वर रुद्र माध्यामिक विद्यालमा अध्ययनरत विद्यार्थीहरुलाई माक्स वितरण गरिएको छ । मुलुकभर माक्सको चरम अभाव भैरहेको बेला वडा स्तरीय युवा क्लव चिसापानीले भिमेश्वर रुद्र माध्यामिक विद्यिालमा अध्ययनतर २ सय बढि विद्यार्थीहरुका लागि माक्स बितरण गरेको क्लबका अध्यक्ष बोध प्रसाद दाहालले बताए । उनले कक्षा ६ देखी कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीका लागि माक्स विरण गरिएको बताए । माक्स वितरण कार्यक्रममा बोल्दै श्री भिमेश्वर रुद्र माध्यामिक विद्यालका प्रधानाध्यापक शंकर प्रसाद ढुंगेलले विश्वमा फैलिरहेको कोरोना भाइरसका बारेमा आफ्ना विद्यालयमा अध्यनरत विद्यार्थी र शिक्षकहरुमा चेतना मूलक अन्तरक्रिया भैरहेको बताए । उनले अभाव भैरहेको बेलामा माक्स प्रदान गरेकोमा वडा स्तरीय युवा क्लव चिसापानीलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा अनेराश्ववियु रामेछापका सदस्य सफल दाहालले वर्तमान समयको अत्यावश्यक माक्स विद्यार्थीलाई वितरण गरेर युवा क्लवले राम्रो कामको सुरुवात गरेको बताए ।

प्रतिक्रिया दिनुहोस