होली खेल्दा कोरोना संक्रमणको जोखिम

काठमाडौं :- आज (सोमबार) फागुन शुक्ल पूर्णिमा अर्थात् फागु पर्व, हिमाली तथा पहाडी जिल्लामा आपसमा फागु तथा रङ दलेर मनाइँदै छ।

तर यसपटक विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमण हुने जोखिम रहेकाले होली नखेल्न सरकारले आग्रह गरेको छ।

यसैकारण विगतमा जस्तो यस वर्ष फागु पर्वको रौनक देखिएको छैन।

भेला, सभा, समारोह तथा भिडभाड नगर्न तथा अत्यावश्यक नभई घरबाट ननस्किन गृहमन्त्रालय, स्थानीय प्रशासनले यसअघि नै आग्रह गरिसकेका छन्।

चिकित्सकहरूले पनि हात मिलाउँदा त कोरोना संक्रमण हुने जोखिम रहेकाले होलीमा जथाभावी रङ, अबिर दल्ने तथा भिडभाड गर्ने गर्दा यो खतरा अझ बढ्न भएकाले होली नखेल्न सुझाव दिएका छन्।

विश्व स्वास्थ्य संगठनले नै नेपाललाई पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको देश घोषणा गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरिसकेको छ।

तराईमा भने फागुपूर्णिमाको भोलिपल्ट होली मनाउने चलन छ।

तर देशभरै कोरोना संक्रमणको जोखिम देखिएकाले तराईमा पनि यसपटक होलीको रौनक नहुने स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस