पत्रकारिताको नाममा ठगी धन्दा

यहि मूल आशयलाई अवलम्बन गर्दै प्रहरीमा उच्च छबि बनाउन सफल छन् कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्की । उनले कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर जनतालाई चुस्त र दुरुस्त सेवा प्रदान गर्दै आईरहेका छन् ।

प्रहरी सेवामा सत प्रतिशत कर्मवीरका रुपमा परिचय स्थापित गरेका कार्कीकै कमाण्डले प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेपछि उनलाई पक्राउ गरी कानुनी दायरामा उभ्यायो ।

तर यिनै निष्ठावान प्रहरीलाई कमजोर बनाउन मिडिया र पत्रकारिताको खोल ओडेका केहि गिरोहहरु सलबलाउन थालेका छन् । कमाउ धन्दामा लगेर शान्ति सुरक्षा अलपत्र पारेको आरोप लगाउँदै बदनाम गराउन उद्दत हुन् पत्रकारिताको आवरणमा ठगि धन्दा चलाउने मदन बाबु भण्डारी ।

मिति २०७० बैशाख २६ गते ठगी  मुद्दामा ईलाका प्रहरी कार्यालय बुटवल बाट पक्राउ परी करिव डेढ बर्ष जेलमा परेका गुल्मी घर भई हाल पत्रकारीताको आबरणमा त्यसमा पनि पुलिसका बारेमा समाचार बनाउँदै दलाली गर्दै हिड्ने भण्डारीले अहिले पनि बिभिन्न मानिसहरुलाई ब्लायकमेलीङ गरी पैसा माग्ने, कसैको ईसारामा फोहरी र मनगढन्ते कथाहरु बुन्ने धन्दामा रमाईरहेका छन।

भण्डारी कोहलपुरमा बिगतमा रेसुङ्गा ड्राईभिङ्ग सेन्टर खोलि भित्र भित्रै गाडी चालक बनेर ठगि धन्दा चलाउदै धेरै मानिसलाई उल्लु बनाउने देखि नक्कली लाइसन्स बनाउने पेशामा संलग्न भएको बुझिएको छ । करीव डेढ बर्ष जेलको हावा खाएका यी जेलबाट निस्केपछि एकाएक पत्रकारको खोलमा समाजमा अनेकौ खालको डंका पिटाउँदै हिड्न थाले । नेपाल प्रहरीका केही अधिकृतहरुले समेत यिनलाई प्रयोग गरी आफ्ना बिरोधी तह लगाउने हतकण्ठाको रुपमा प्रयोग गरेको समेत पाइन्छ ।

एक निकट श्रोतका अनुसार केहि पहिले काठमाण्डौमा पनि यिनको केही प्रहरी अधिकृतहरुसंग हिमचिम बढ्दै गएको र केहि प्रहरी अधिकृतकै सिफारीसमा पत्रिकामा काम गरेका यिनले सो पत्रिकाको नाम भजाएर पुलिसका थुप्रैलाई मुर्गा बनाए त कतिलाई कोपभाजनमा समेत पारे।

गुल्मीमा आफ्नी श्रीमती छोडेर अर्काकी श्रीमती उडाएका भण्डारीका विषयमा बुझ्न बुटवल र कोहलपुर गएर सोधेमा यिनको अपराध कर्मका बारेमा सवैले  सहजै बताईदिन्छन् ।

एक स्रोतका अनुसार माथिल्लो दर्जाका प्रहरीसंग आफ्नो सम्बन्ध रहेको भन्दै तल्लो दर्जाका प्रहरीसंग सरुवा बढुवा गरीदिने भन्दै पैसा समेत असुल गर्ने  भण्डारी आफु आदर्श बनेर प्रहरीसंगको तस्वीर सामाजिक संजालमा राख्छन अनि अहिले तेसैको हवाला दिंदै नेपाल प्रहरीको वेवसाइटसंग मिल्ने नामको अनलाइन (hamropolice.com)  समेत चलाउँछन् ।

केहि समय अघि कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक कार्कीका बारेमा भ्रामक समाचार छापियो । विषय थियो ‘कास्की प्रहरीका एसपी दम्पति नै कमाउधन्दामा, शान्तिसुरक्षा अलपत्र ।’ कार्कीको उछितो काडेर लेखिएको यो समाचारले होहोरेमा कुद्नेहरुलाई राम्रै खुराक बन्यो तर उनलाई बुझ्नेले यी कुरामा विस्वास गरेनन र यसको खण्डन गरे ।

कार्की स्वयंले फेसबुकमा स्टाटस राखेर यसको खण्डन गरे । बास्तविकता बुझ्दै जाँदा कुरा उनै भण्डारीमा पुगेर अड्कियो ।  र्कीको मोबाइलमा म्यासेज लेख्दै भण्डारीले बुटवल जान लागेको तेल हाल्न एकाउन्टमा भनिदिन भने तर उनले आफुले मागेको तेल पाएनन्। स्वार्थ पुरा नहुने देखेपछि उनै कार्की माथि अनेक लान्छना लगाउँदै भण्डारी चरित्र हत्या गर्न उद्दत छन् ।

प्रतिक्रिया दिनुहोस