मुड्केचुलामा ECD कक्षा अंग्रेजी माध्यममा पठनपाठन, ७ दिने तालिम सम्पन्न

लेख बुढा/डाेल्पा :-
डाेल्पा जिल्लाकाे मुड्केचुला गाउपालीकामा पर्ने विभिन्न सामुदायीक विधालय अन्तरगत र सामुदाय मा रहेका बाल विकास केन्द्र ECD कक्षाहरुमा पठन पाठन हुने भएकाे छ । गाउपालीका भित्रका विधालय अन्तरगत १३ र समुदाय काे १ गरि १४ वटा बाल विकास केन्द्र ECD कक्षा मा शैक्षिक सत्र २०७७/७८ बाट पठनपाठन सुरु भएकाे मुड्केचुला गाउपालीका शिक्षा युवा तथा खेलकुद शाखा का शाखा प्रमुख दल बहादुर बस्नेतले बताउनु भयाे ।बाल विकास कक्षामा अंग्रेजी माध्यम बाट पाठ्यक्रम र पढाइ सुरु गर्नुकाे मुख्य उदेश्य प्रथामीक तहकाे लागि राम्राे विधार्थी उत्पादन गर्नु यस्काे मुख्य उदेश्य भएकाे शाखा प्रमुख बस्नेतले बतनउनु भयाे ।

सामुदायीक विधालयमा अंग्रेजी विषयमा बिधार्थी कम्जाेर भएकाेले अाधारभुत तहमा प्रवेश गर्ने वालवालीकालाई बाल विकास केन्द्र ECD कक्षामा नै अाधारभुत ज्ञान सिकाएर जादा कुनै पनि वालबालिका कम्जाेर नहुने भएकाले गाउपालीकाकाे सहयाेगमा १४ वटा बाल विकास केन्द्रका बाल वालिकालाई अंग्रेजि माध्यमबाट रंगिन किताब छपाएरर ल्याएकाे शाखा प्रमुख वस्नेतले बताउनु भयाे । निजि वाेडिङ स्कुलहरुकाे जस्तै सामुदायीक विधालयहरुमा पाठ्यक्रम सगै शिक्षण सिकाईमा सुधार गर्दै लानेहाे भने सामुदायीक विधालयमा अंग्रेजि विषयमा कम्जाेर नहुने पनि उहाले वताउनु भयाे ।
मुड्केचुला गाउपालीका भित्रका १४ जना बाल विकास शिक्षक शिक्षिकाहरुलाई पाठ्यक्रमका बारेमा र कसरी शिक्षण गर्ने,भन्ने बारेमा ७ दिन सम्मकाे प्रशिक्षण दिएकाे पनि शाखा प्रमुख वस्नेतले जानकारी दिनु भयाे । कतिपय वालविकास केन्द्रका शिक्षक शिक्षिका कम्जाेर भएकाे भन्दै स्थानिय तह र विव्यसले यसकाे हेरफेर गर्नु पर्ने वस्नेतकाे भनाई रहेकाे छ । मुड्केचुला गाउपालीका सामुदायीक विधालयका बाल विकास केन्द्रमा अंग्रेजी माध्यम पठनपाठन सुरु गर्ने याे डाेल्पा जिल्लाकाे पहिलाे स्थानिय तह रहेकाे छ ।।अंग्रेजी भाषा अर्थात ज्ञान साना वालवालिकाहरुले खेल्दै सिक्दै गर्ने छन।।

प्रतिक्रिया दिनुहोस