डाेल्पामा हिमपात भए सगैँ कृर्षकहरु खुसी

लेख बुढा/डाेल्पा :- 
हिमाली जिल्ला डोल्पामा तेस्रो पटक हिमपात भएको छ। शुक्रबार बिहाना देखिबाे लगातार वर्षा सगै राति हिमपात भएपछि कृर्षकहरु खुसी भएका छन । फागुन महिना देखि यहाका कृर्षकहरुकाे कृ्र्षि कार्य सुरुहुने हुनाले पानी सगै हिमपात भएपछि कृर्षकहरु खुसि भएका हुन । शुक्रवार दिउसोबाट परेको अविरल बर्षाका कारण शुक्रवार राति डोल्पामा भारी हिमपात भएको हो। डोल्पामा यो वर्षको पहिलो पटक मंसिरको अन्तिम सातामा हल्का हिमपात भएको थियो।

पुसको महिनामा समेत हिउँ नजमेर नाङ्गा र सुख्खा भएर उजाड देखिएकाबेला फागुनको अन्तिम साता हिउँ परेकोे हिउँलाई डोल्पालीहरु शुभ लक्षणको रुपमा लिने गर्छन्। यो महिनामा परेको हिउँले हिउँदमा लगाएको जेठासे बाली गहुँ,जहुँ ,उवा र तरकारीबालीमा आलु र लसुनको उत्पादनमा बृद्दि हुने भएकोले डोल्पाली कृषकहरुको लागि हिउँ शुभ हुने गरेको हो।

यसै गरि तल्लाे डाेल्पा मुड्केचसला काे कालिका,रिडिङ,सुर,नर्कु,,सर्मि,हाेर्त,अाेक्ट,जगदुल्ला काे,रिमि,काईगाउ,हुरिकाेट,माझगाउ,थापागाउ,,त्रिपुरासुन्दरी काे लिकु दापु,पाहाडा,वन्तडी,रसि,छल,करेलीकाडा,,ठुलिभेरी काे जुफाल,माझफाल,तिप्ला,थाला,लाेचा,रह,परिला र उपल्लो डोल्पाका डोल्पोबुद्व, छार्काताङसोङ्ग, शे फोक्सुण्डो र काइके गाउँपालिकाका बस्तीहरुमा हिउँ जमेर सेतमाम्य भएकाे छ। भारि हिमपात भएपछि उपल्लो डोल्पाकोे जनजीवन कस्टकर बनेको छ। बाग्लो हिमपात भएपछि उपल्लो डोल्पाको प्रमुख ब्यवसाय चौरी भेडाबाख्राहरुलाई चरिचरनमा समस्या परेको छ।

बढ्दाे हरियाली सगै फागुन महिनामा हिमपात भएपछी डाडाकाडाहरु हिउले सेताम्य छन यसले डाेल्पा भित्रिने पर्यटकहरुकाे लागि सुनाैलाे अबसर सगै पर्यटकहरुकाे मन लाेभ्याउने पर्यटन व्यवसायी तथा शेफाेक्सुन्डाे बासी नाेर्वु लामाले बताउनु भयाे ।पर्यटकिय क्षेत्रकाे प्रचारप्रसार गरे कृर्षि र पर्यटन दुवै क्षेत्रबाट डाेल्पालाई धेरै फाईदा हुने पनि लामाकाे भनाई छ ।

प्रतिक्रिया दिनुहोस