प्रदेश १ सरकार भन्छ, कोरोनासँग लड्न पूर्व तयारी भईसक्यो

बिराटनगर :-  १ नं प्रदेश सरकारले कोरोना संक्रमितलाई छुटै स्थानमा राखी उपचारको प्रबन्ध मिलाउन मोरङ र उदयपुरमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने भएको छ ।

प्रदेश सरकारले कोरोना संक्रमितको शंका लागेकालाई उचित स्वास्थ्य परिक्षणसहित स्वास्थ्य सेवा प्रदानका लागि पुर्व तयारीका लागि १ एक हजार क्षमताको क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने लागेको हो ।

प्रदेश सरकारका आन्तरीक मामिला तथा कानून मन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले शुक्रवार बसेको प्रदेशसभा बैठकमा कोरोनाको सक्रमित प्रदेशमा देखिएमा उचित व्यवस्थापनका लागि क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने कार्य अगाडी बढाइएको जानकारी दिए । त्यो सँगै प्रदेश सरकारले आवश्य औषधी, खाध्यान्नलगायतका सामाग्रीको कुनै अभाव हुन नदिन आवश्य व्यवस्थापन गरिरहेको भन्दै प्रदेशबासीलाई आस्वस्थ पारेको छ ।

मन्त्री कार्कीले कोरोनाको संक्रमण रहेको आशंका गरिएका र अस्पतालबाट भागेका व्यतिmमा कोराना संक्रमणको नदेखिएको प्रष्ट पारेका छन् । गत बुुधवार अस्पतालमा एकाएक हराएका उनी धरान १० का ३९ बर्षिय पारसमणि भुजेल भएको र उनको अहिले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जानकारी दिए ।

अस्पतालबाटै भागेका भनिएका भुुजेल ३१ महिना अघि कोरिया गएर फर्केका थिए । काठमाडौँ आउँदा उनमा अत्याधिक ज्वरो आएका कारण कोरोनाको संक्रमण रहेको आशंमा उनलाई टेकु अस्पतालमा उपचारका लागि पुुर्याइएको थियो । तर, उनि गत बुुधवार अस्पतालमा एकाएक भागेका थिए । उनी विराटनगर आएको हल्ला चलेपछि एकाएक संत्रास फैलिएका थियो ।

मुख्य प्रतिपक्ष दलका प्रदेशसभा संसादहरुले भने सरकारले कोरोना संक्रमणको लागि आवश्य तयारी गरिरहेको भने पनि त्यो अनुसारको प्रयाप्त तयारी नभएको भन्दै सरकारको आलोचना गरेका छन् ।

काँग्रेसकी प्रदेश सभासद नवोदिता चौधरीले सरकारले कोरोनाको सक्रमणबाट बच्न सभा सम्मेलन कार्यक्रममा नजाने बताएपनि प्रदेश सरकारका मन्त्रीहरुनै आफै सभा सम्मेलन र कार्यक्रममा सहभागी हुने जाने गरेको भन्दै सरकारका मन्त्रीहरुको आलोचना गरिन् ।

प्रदेश सभासद चौधरीले प्रदेश सरकारले धरानस्थित विपि कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठान,नोवेल मेडिकल कलेजमा आइसेलेशन वार्ड तयार गरेको दाबी गरेपनि सरकारले दाबी गरे अनुसारको कुनै तयारी नभएको आरोप लागाइन् ।

प्रतिक्रिया दिनुहोस