प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : खगराज अधिकारी

काठमाडौं :-  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध घेराबन्दी र अनावश्यक दबाब सिर्जना नगर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा चेतावनी दिएका छन् । बिहीबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अध्यक्ष प्रचण्डको नाम नै नलिईकन प्रधाानमन्त्री ओलीमाथि

प्रधानमन्त्रीलाई अप्ठेरो पार्ने गरी पार्टीले निर्णय गर्नु उचित नहुने अधिकारीको भनाई छ । पूर्वमन्त्रीसमेत रहेका नेता अधिकारीले चुनाव हारेका वामदेव गौतमलाई अहिले राष्ट्रियसभामा लैजान खोज्नु नै गलत भएको टिप्पणी गरे । उनले प्रधानमन्त्री ओलीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुटेर जाने पनि ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस