कोरोना संक्रमणको जोखिम रोक्न सरकारले के के गर्न रोक्यो ? थाहा पाउनुहोस् काम लाग्छ

काठमाडौं :-  विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा रहेको बताएसँगै सरकारले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तयारी तीव्र बनाएको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति गठन भएको छ । कोरोना रोकथामका लागि विभिन्न निर्णयहरु भएका छन् ।

निर्णयहरु
~नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै ‘ट्राभल एड्भाइजरी’ जारी ।
~भारतको बाटो हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय ।
~सगरमाथा संवाद सहित नेपाल सरकारले गर्ने विभिन्न कार्यक्रम स्थगित ।
~त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने ‘भिजिटर पास’ वितरण बन्द ।
~विमानस्थल क्षेत्रभित्र अत्यावश्यक काम नपरेसम्म नआउन सर्वसाधारणलाई आह्वान ।
~यात्रुलाई ल्याउन र र्पुयाउन आउने मानिसले समेत अनिवार्य मास्क लगाउनु पर्ने नियम ।
~खरिपाटी क्वारेन्टाइनलाई निरन्तरता दिइने ।
~विभिन्न भोज भतेर तथा ठूला जमघट नगर्न आग्रह ।
~सार्वजनिक स्थानमा भीडभाड कम गर्न आग्रह ।
~इपीएस भाषा पास गर्ने कामदारलाई तत्काल कोरिया जान रोक ।
~देशभरका अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन ।
~कोरोना रोकथामको कदम चाल्न भन्दै सर्वोच्चद्धारा अन्तरिम आदेश ।


यसैबीच स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबारे सतर्कता अपनाउने सन्दर्भमा अन्तर्रा्ष्ट्रिय भ्रमण सम्बन्धी ९ बुँदे सूचना पनि जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस