सोलुखुम्बुको देउसामा भिरबाट लडेर महिलाको मृत्यु

पुष्कर खड्का/सोलुखुम्बु :-

सोलुखुम्बुको देउसामा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ८ को मुल्ठा भिरबाट लडेर स्थानिय ५८ बर्षिय उत्र कुमारी राईको ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ बजे भिरमा घाँस काटने क्रममा चिप्लिएर लडेको होे । सोमबार श्रीमान ऐश्र्य कुमार राईसँगै घाँस काट्न गएकी महिला एक्कासी भिरबाट लडेर बेपत्ता बनेको वडा नम्बर ७ का वडा अध्यक्ष रामसर्घष किरातीले बताउँनुभयो । बेपत्ता बनेकी महिलाको शव मंलबार विहान ८ बजे करिब २ सय मिटर तल भिरमा फेला परेको प्रहरीले जनाएको छ । शबलाई पोष्ट मार्टमका लागी जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस