आज अस्पताल भर्ना हुँदै प्रधानमन्त्री ओली

काठमाडौं :- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रोपटक गरिने मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ । यही बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज सोमबार अस्पताल भर्ना हुँदै हुनुहुन्छ । हिजो सम्पन्न नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्योपचारको योजनाबारे जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको यसअघि २०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि आज सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्नेछ । मन्त्रिपरिषद्को बैठ हिजो साँझ पनि सम्पन्न भएको थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस