नेकपाका अध्यक्ष पुष्पकमल दाहाल माथि जुत्ता प्रहार

नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको छ ।

राष्ट्रियसभा गृहमा प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको कार्यक्रममा सहभागी हुने क्रममा दाहालमाथि जुत्ता प्रहार भएको हो ।

काठमाडौं प्रहारीका एसपी सोमेन्द्र सिं राठौरले जुत्ता प्रहार गर्नेलाई नियन्त्रणमा लिएको बताए । उनलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा लगिएको छ ।

प्रहारीका अनुसार जुत्ता प्रहार गर्नेको विवरण खुलिसकेको छैन । उनीसँग सोधपुछ प्रयास भइरेहको तर बोल्न नमानेको एसपी राठौरले बताए ।

प्रतिक्रिया दिनुहोस