फेक आईडि बनाएर बदनाम गर्न नसकेपछि वेनामी उजुरी,भण्डारी भन्छन् म दाेशी भए हदैसम्मको कारवाहि हाेस्

दाङ :-  सामान्यतया कसैले गलत काम गर्याे वा गराउन लगायाे भने कसैले थाहा पाउलान भन्ने डर हुन्छ । अनि उसमाथि अाराेप लाग्याे भने सकेसम्म छानविन नहाेस् र भै हाले पनि गुपचुप हाेस् भन्ने हुन्छ । तर शुक्रबार तुलसिपुर उपमहानगरपालिकाकाे छैठौं नगरसभा बैठकमा त्यस्ताे देखिएन । यस्तो छ प्रेस विज्ञप्ति

बरू जसकाे विरूद्वमा राष्ट्रिय सतर्कता केन्द्रमा भु माफिया भनि निवेदन परेकाे छ उसैले नै तत्काल छानविन समिति बनाई सार्वजनिक जग्गा काराेवारमा संलग्न रहेकालाई कारवाहि गर्न माग गरेका छन् । तुलसिपुर ६ का वडा सदस्य समेत रहेका वर्षात भण्डारीले यस्ताे माग गरे । हुनत राष्ट्रिय सतर्कता केन्द्रले उनी यसमा सम्लग्न नरहेकाे प्रतिवेदन सार्वजनिक गरिसकेको छ।

हेर्नुहाेस् राष्ट्रिय सतर्कता केन्द्रकाे प्रतिवेदन

तर राजनीतिक पुर्रवाग्रहका अाधारमा दाेषि जसरि विभिन्न मिडियाले समाचार प्रसारण प्रकाशन गरेपछि उनले नगरसभामा अाफु दाेषि भए हदै सम्मकाे कारवाहि हाेस् भनी माग गरे । साथै उनले अाफुलाई निलम्बन गरेर सत्यतथ्य छानबिन गर्न सम्मानित नगरसभा समक्ष माग गरे।जवाफफमा नगरसभाका अध्यक्ष तथा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सतर्कता केन्द्रकाे रिपोर्टमा वर्षात संलग्न नदेखिएकाेले संचारमाध्यममा अाएका कुरालाई खण्डन गर्न सुझाव दिए । साथै जाे काेहि संलग्न भए कार्वाही हुने बताए । जसका लागि शुसासन समिति र लेखा समितिलाई सत्य तथ्य छानविन गरि ३ महिनाभित्रै प्रतिवेदन पेश गर्न निर्देशन दिए।
यसैबिच केही महिना अगाडि एक फेक फेसबुक अाईडि बनाई उनकाे चरित्र हत्याको प्रयास गरिएकाे थियाे । अनि केही समयमै उनकाे चरित्र हत्या गरिएकाे सामग्रि फेसबुकबाट हटाईकाे थियाे।

याे बाट पनि प्रस्ट हुन्छ उनिमाथि कसरी प्रहार भईरहेकाे छ । छाेटाे समयमै जनताकोमाझ लाेकप्रिय बनेका उनलाई प्रतिस्पर्धिहरू बदनाम गराउन चाहेकाे उनलाई नजिकबाट चिन्ने बताउँछन् । जतिवेला पनि जनतालाई समस्या पर्दा काममा खट्ने उनकाे क्रियाशीलताकाे तेजबाेध गर्न केही गलत मानसिकता भएका ब्यत्तिहरूले बदनाम गराउन लागिपरेकाे उनका निकटस्थहरू बताउछन् । सामाजिक सञ्जालबाट बदनाम गराउन असफल भएपछि राष्ट्रिय सतर्कता केन्द्रमा उजुरि हालेकाे बुझिन अाएकाे छ । तर सतर्कता केन्द्रले उनी दाेषि नरहेकाे प्रतिवेदन सार्वजनिक गरिसकेको छ । सानाे उमेरदेखि नै व्यवसाय संगसंगै राजनितिमा लाकेका उनी २०७४ सालमा भएकाे स्थानिय निर्वाचनमा वडा नम्वर ६ बाट सबैभन्दा बढि मत लिएर विजयि भएका हुन् । अध्यनशिल, अाफुभन्दा ठूलालाई अादर,सानालाई मायाँ र समकालीन साथिहरूसंग सहकार्य गर्ने उनकाे व्यबहारले वडा नम्वर ६ काे भावि वडा अध्यक्षकाे उम्मेद्वारकाे रूपमा हेरिएकाे छ । नाम नबताउने सर्तमा नेकपाका एक जिल्लास्तरीय नेताले भने वर्षात वडा नम्वर ६ काे भावि वडा अध्यक्ष हाे । उसलाई कसैले चाहेर राेक्न सक्दैन ।

तुलसिपुर उपमहानगरपालिकाका सबैभन्दा कान्छा जनप्रतिनिधि समेत रहेका उनले याे ढाई वर्षमा धेरै सम्झनलाएक काम गरेका छन् । लामाे समयदेखि खुल्न नसकेका विभिन्न ठाउँका बाटाका निकास खाेल्नेमा उनकाे नाम अग्र पंक्तिमा अाउँछ । त्यसैगरि जनताका गुनासा सुन्ने वित्तीकै समाधान गर्ने प्रयासमा उनी लाग्ने गरेकन छन् । राप्ती बंबई क्याम्पसबाट २०६४ सालबाट विद्यार्थी राजनितिमा लागेका उनी हाल नेपाल कम्युनिस्ट पार्टि (नेकपा ) नगरकमिटि सचिवालय सदस्य छन् । यस्ताखाले गलत प्रचारवाजिले अाफु हताेत्साहि नहुने बरू झनै निस्वार्थ रूपमा जनताकाे सेवामा लाग्ने उनले बताए । साथै यस्ता हल्लाकाे पछाडि विश्वास नगर्न पनि अाग्रह गरे । गलत काम गरेकाे प्रमाणसहित ल्याउन बदनाम गराउन खाेज्नेलाई चुनाैति दिए । ‌

प्रतिक्रिया दिनुहोस