दादुरा रुबेला बिरुद्धको खोप लगाउन अपिल

दाङ :-  तुलसीपुर ११ नम्बर वडाका ७ बिद्यालयमा खोप केन्द्र राखेर दादुरा रुबेला बिरुद्धको खोप लगाउन शुरु हुदैछ । तुलसिपुर ११ मा रहेको उरहरी स्वास्थ्य चौकिको आयोजनामा दादुरा रुबेलाको खोप लगाउनका लागि पुर्ब तयारी स्वरुप वडाका जनप्रतिनिधि, विभिन्न बिद्यालयका प्र अ तथा शिक्षक र समाजसेबिहरुको उपस्थितिमा उक्त खोप अभियानलाइ प्रभाबकारी बनाउन सबैले आआफ्नो ठाउबात सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरिएको हो । उरहरी स्वास्थ्य चौकिले हेर्ने साबिक उरहरिका १० बिद्यालयमा केन्द्र राखेर खोप अभियान शुरु गरिएकोमा ११ नम्बरका ७ र १२ का ३ बिद्यालय गरि १० केन्द्र तय गरिएको स्वास्थ्य चौकिका प्रमुख चित्र बहादुर वलिले जानकारी दिनुभयो । अभियान अन्तर्गत आज १६ गते सिस्टर होम, १७ गते दिब्य ज्योति बोर्डिङ स्कुल कचिला, १८ गते चन्द्रोदय बोर्डिङ स्कुल जसपुर, १९ गते अमर माबी उरहरी, २० गते प्रा बि क्वाङी, २१ गते प्रा बि प्रिगाउ, २२ गते न्यु शान्ति बोर्डिङ स्कुल कटाहा, २३ गते आ बि नवलपुर, २४ ग्ते आ बि कटाहा र २५ गते प्रा बि सुकौरामा खोप अभियान संचालन हुने कार्यतालिका तय गरिएको स्वास्थ्य चौकि ब्यबस्थापन समितिका अध्यक्ष तथा ११ नम्बर वडा अध्यक्ष चित्र बहादुर वलिले जानकारी दिनुभयो।

९ महिना देखि ५ बर्ष मुनिका हरेक बालबालिकाले यो खोप अनिबार्य लगाउनु पर्ने स्वास्थ्य चौकी प्रमुख वलिले जानकारी दिनु भयो । उहाले सार्बजनिक गरिएको तालिका अनुशारका ठाउमा दक्ष खोप कार्यकर्ताबाट खोप लगाउने ब्यबस्था मिलाइएकाले ढुक्क भएर आआफ्ना बालबालिकाहरुलाइ खोप लगाउन आह्वान गर्नुभयो । वडा अध्यक्ष चित्र बहादुर वलिको अध्यक्षतामा भएको पुर्ब तयारी बैठकमा स्वास्थ्य चौकी प्रमुख चित्र बहादुर वलि, स्वास्थ्य चौकिका हेल्थ असिस्टेन्टहरु यज्ञ बहादुर केसि र शेर बहादुर बिसि लगायतले खोप बारे जानकारी गराउदै खोप अभियानलाइ सफल बनाउन अनुरोध गर्नुभएको थियो । यसैबिच तुलसीपुर ११ नम्बर वडा कार्यालयले कार्यतालिका अनुशार अनिबार्य खोप लगाइ स्वस्थ वडा बनाउने अभियानलाइ सफल पार्न अपिल गरेको छ । सबै भ्रमणबाट मुक्त भइ अनिबार्य खोप लगाउन वडा कार्यालयको तर्फबाट समेत सबै वडाबासिमा अपिल गरिएको वडा सदस्य सुबास डागिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस